• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन २४, २०८३ Sun, Aug 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जबरजस्ती चन्दा असुली मुद्दामा रामेछापको लिखु तामाकोशी गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष दोषी ठहर

एक वर्ष कैद र १० हजार जरिवानाको फैसला 
64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १०, २०७८  १०:५८
1140x725

काठमाडौं– काठमाडौं जिल्ला अदालतले रामेछाप लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा न्यौपाने(दाहाल) र वडाध्यक्ष सुवास बोहोरालाई जवरजस्ती चन्दा असुलेको अभियोगमा दोषी ठहर गर्दै जनही एक वर्ष कैद हुने फैसला सुनाएको छ। उनीहरुलाई जनही १० हजार जरिवानाको हुने फैसलामा भनिएको छ।

जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको इजलासले विहीबार उक्त फैसला सुनाएको हो।

दाहाल र बोहोराले चन्दा मागेको र भनेजति नदिए मार्नेसम्मको धम्की दिएको भन्दै गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले जाहेरी दिएका थिए। गाउँपालिका अध्यक्षको जाहेरीपछि दर्ता भएको मुद्दामा जिल्ला अदालतले उपाध्यक्ष र वडाध्यक्षलाई दोषी ठहर गरेको हो।

गाउँपालिका अध्यक्ष खड्का पनि शरीर बन्धक र ठगी मुद्दामा अनुसन्धानमा रहेका छन्।

२०७७ भदौमा जिल्ला अदालत रामेछापले लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्कालाई ठगी मुद्दामा अनुसन्धान गर्न पक्राउका लागि प्रहरीलाई पक्राउ पुर्जी जारी गरेको थियो।

प्रहरीको हिरासतमै रहेको अवस्थामा उनीविरुद्ध अर्को मुद्दामा अनुसन्धान गर्ने अनुमति अदालतले दिएको थियो। स्थानीय शेरबहादुर खड्काले गाउँपालिका अध्यक्षले ठगी गरेकोले कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए।

२ करोड मूल्य दिन्छु भन्दै आफ्नो २१ रोपनी जग्गा गाउँपालिकाको लागि मागेको तर उक्त जग्गा पालिकालाई नभई आफ्नी साली नाता पर्नेको नाममा झुक्याएर पास गरेको र तोकिएको मूल्य नदिएको आरोप उनले लगाएका थिए।

गाउँपालिकाको नाममा हालसम्म कुनै जग्गा छैन भाडाको घरमा कार्यालय संचालन भइरहेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

के हो विवाद ?

अध्यक्ष भएदेखि नै एकलौटी रुपमा गाउँपालिकामा मनोमानी गरेको भन्दै उपाध्यक्ष दीपशिखा दाहालसहित एमालेबाटै निर्वाचित वडाध्यक्षहरुले खड्काविरुद्ध पटक–पटक पार्टीको ध्यानाकर्षण गराउँदै आएका थिए।

पछिल्लो समय लिखु तामाकोशी गाउँपालिकामा विद्युतीकरणमा १२ करोड ४४ लाखमाथि खर्च भएको पालिका अध्यक्ष खड्काले कार्यपालिका बैठकमा पेश गरेपछि विवाद सार्वजनिक रुपमा सतहमा आएको थियो।

गाउँपालिकाबाट विद्युतीकरण गर्दा तिर्नु पर्ने बाँकी ६ करोड ९५ लाख रकम थप विनियोजन गर्नु पर्ने माग अध्यक्षले राखेपछि कार्यपालिकाका बहुमत सदस्यले अनुगमन गरेर मात्रै थप भुक्तानी दिने अडान राखेपछि यो विवादले चर्को रुप लिएको थियो।

विद्युतीकरणको रकम भुक्तानीको खड्काको प्रस्तावमा असहमति जनाएपछि ७ नं वडाअध्यक्ष सुवास बोहोरा र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईमाथि कुर्सी प्रहार भएको थियो।

बैठकमा गाउँपालिकामा कार्यविधी विपरीत एम्बुलेन्स संचालन गरेको, पालिका भित्रको हरहिसाब आर्थिक पारदर्शिता नभएकाले सबै कारोबारको छानबीनसहित कार्यपालिकामा पेश गर्न लेखा समिति गठन गर्नुपर्ने लगाएतको माग राखेका वडाअध्यक्ष सुवास बोहोराले अध्यक्ष विरुद्ध आन्दोलन शुरु गरे। असन्तुष्ट जनप्रतिनिधि जिल्ला सदरमुकाम मन्थली पुगेर पत्रकार सम्मेलनसमेत गरेर गाउँपालिका अध्यक्षले भ्रष्टाचार गरेको आरोप लगाएका थिए। 

एकाएक स्वयम्भू गोलीकाण्डमा मुछिएपछि 

काठमाडौंको स्वयम्भूमा २०७६ साउन २४ गते प्रहरीले गोली चलाएर लोप्साङ भनिने मिलन तामाङ (बाबुराम) लाई पक्राउ गर्यो। उनीसँगै अमृत तामाङलाई पनि प्रहरीले समातेको थियो। यो घटना सिधै गाउँपालिका अध्यक्ष खड्कासँग जोडियो।

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्कासँग चन्दा माग्दै पैसा नपाए छोरी अपहरण गर्ने धम्की दिएको भन्ने अध्यक्ष खड्काको जाहेरीपछि प्रहरीले उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरेको थियो।

आफ्नो छोरी अपहरण गर्न आएको दावीसहित गाउँपालिका अध्यक्षको उजुरीको आधारमा उनीहरु पक्राउ परेका थिए। उक्त गोलीकाण्डपछि अध्यक्ष खड्काले आफूलाई धम्की दिने भनिएका युवकहरुलाई वडाध्यक्ष सुवास बोहरा र गाउँपालिका उपाध्यक्ष दीपशीखा दाहालले परिचालन गरेको आरोप लगाए। वडाध्यक्ष बोहराले मन्थली पुगेर आरोप प्रमाणित गर्न वा पार्टीले कारवाही गर्न चुनौती दिएका थिए।

उपाध्यक्षसहित वडाध्यक्षलाई झुट्टा मुद्दामा अध्यक्षले फसाउन खोजेको तर्क गरे। फिरौती माग्न योजना बनाएको आरोपमा उपाध्यक्ष दिपशिखा दाहालसहित वडा अध्यक्षको नाममा अदालतमा अध्यक्ष खड्काले दिएको किटानी जाहेरीको आधारमा मुद्दा दायर भयो। उक्त मुद्दामा फैसला गर्दै दुई जना जनप्रतिनिधिलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि सुरु हुँदै
विद्रोही पक्षले भेला सार्दैछन् ?
अमेरिकाको भिसा लिन चाहनेलाई दूतावासले गरायो सचेत
सम्बन्धित सामग्री
अमेरिकाको भिसा लिन चाहनेलाई दूतावासले गरायो सचेत अमेरिकी विदेश मन्त्रालयको सन्देशमा कन्सुलर अधिकारीहरूले विगतमा भएका कुनै पनि अध्यागमनसम्बन्धी नियम उल्लंघनबारे जानकारी राख्न सक्ने भ... शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) भीमदत्त नगरपालिका–१८ कटानबाट उनलाई गत असार १८ गते प्रहरीले अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको थियो । शनिबार, साउन २३, २०८३
खाना पकाउने ग्यासको एउटै सिलिन्डर सात हजारमा बिक्री, भक्तपुरबाट एक जना पक्राउ पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन् । उनले सो... शनिबार, साउन २३, २०८३
ताजा समाचारसबै
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि सुरु हुँदै शनिबार, साउन २३, २०८३
विद्रोही पक्षले भेला सार्दैछन् ? शनिबार, साउन २३, २०८३
अमेरिकाको भिसा लिन चाहनेलाई दूतावासले गरायो सचेत शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फुटबल स्टार मेस्सीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्