• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जबरजस्ती चन्दा असुली मुद्दामा रामेछापको लिखु तामाकोशी गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष दोषी ठहर

एक वर्ष कैद र १० हजार जरिवानाको फैसला 
64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १०, २०७८  १०:५८
1140x725

काठमाडौं– काठमाडौं जिल्ला अदालतले रामेछाप लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा न्यौपाने(दाहाल) र वडाध्यक्ष सुवास बोहोरालाई जवरजस्ती चन्दा असुलेको अभियोगमा दोषी ठहर गर्दै जनही एक वर्ष कैद हुने फैसला सुनाएको छ। उनीहरुलाई जनही १० हजार जरिवानाको हुने फैसलामा भनिएको छ।

जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको इजलासले विहीबार उक्त फैसला सुनाएको हो।

दाहाल र बोहोराले चन्दा मागेको र भनेजति नदिए मार्नेसम्मको धम्की दिएको भन्दै गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले जाहेरी दिएका थिए। गाउँपालिका अध्यक्षको जाहेरीपछि दर्ता भएको मुद्दामा जिल्ला अदालतले उपाध्यक्ष र वडाध्यक्षलाई दोषी ठहर गरेको हो।

गाउँपालिका अध्यक्ष खड्का पनि शरीर बन्धक र ठगी मुद्दामा अनुसन्धानमा रहेका छन्।

२०७७ भदौमा जिल्ला अदालत रामेछापले लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्कालाई ठगी मुद्दामा अनुसन्धान गर्न पक्राउका लागि प्रहरीलाई पक्राउ पुर्जी जारी गरेको थियो।

प्रहरीको हिरासतमै रहेको अवस्थामा उनीविरुद्ध अर्को मुद्दामा अनुसन्धान गर्ने अनुमति अदालतले दिएको थियो। स्थानीय शेरबहादुर खड्काले गाउँपालिका अध्यक्षले ठगी गरेकोले कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए।

२ करोड मूल्य दिन्छु भन्दै आफ्नो २१ रोपनी जग्गा गाउँपालिकाको लागि मागेको तर उक्त जग्गा पालिकालाई नभई आफ्नी साली नाता पर्नेको नाममा झुक्याएर पास गरेको र तोकिएको मूल्य नदिएको आरोप उनले लगाएका थिए।

गाउँपालिकाको नाममा हालसम्म कुनै जग्गा छैन भाडाको घरमा कार्यालय संचालन भइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

के हो विवाद ?

अध्यक्ष भएदेखि नै एकलौटी रुपमा गाउँपालिकामा मनोमानी गरेको भन्दै उपाध्यक्ष दीपशिखा दाहालसहित एमालेबाटै निर्वाचित वडाध्यक्षहरुले खड्काविरुद्ध पटक–पटक पार्टीको ध्यानाकर्षण गराउँदै आएका थिए।

पछिल्लो समय लिखु तामाकोशी गाउँपालिकामा विद्युतीकरणमा १२ करोड ४४ लाखमाथि खर्च भएको पालिका अध्यक्ष खड्काले कार्यपालिका बैठकमा पेश गरेपछि विवाद सार्वजनिक रुपमा सतहमा आएको थियो।

गाउँपालिकाबाट विद्युतीकरण गर्दा तिर्नु पर्ने बाँकी ६ करोड ९५ लाख रकम थप विनियोजन गर्नु पर्ने माग अध्यक्षले राखेपछि कार्यपालिकाका बहुमत सदस्यले अनुगमन गरेर मात्रै थप भुक्तानी दिने अडान राखेपछि यो विवादले चर्को रुप लिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विद्युतीकरणको रकम भुक्तानीको खड्काको प्रस्तावमा असहमति जनाएपछि ७ नं वडाअध्यक्ष सुवास बोहोरा र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईमाथि कुर्सी प्रहार भएको थियो।

बैठकमा गाउँपालिकामा कार्यविधी विपरीत एम्बुलेन्स संचालन गरेको, पालिका भित्रको हरहिसाब आर्थिक पारदर्शिता नभएकाले सबै कारोबारको छानबीनसहित कार्यपालिकामा पेश गर्न लेखा समिति गठन गर्नुपर्ने लगाएतको माग राखेका वडाअध्यक्ष सुवास बोहोराले अध्यक्ष विरुद्ध आन्दोलन शुरु गरे। असन्तुष्ट जनप्रतिनिधि जिल्ला सदरमुकाम मन्थली पुगेर पत्रकार सम्मेलनसमेत गरेर गाउँपालिका अध्यक्षले भ्रष्टाचार गरेको आरोप लगाएका थिए। 

एकाएक स्वयम्भू गोलीकाण्डमा मुछिएपछि 

काठमाडौंको स्वयम्भूमा २०७६ साउन २४ गते प्रहरीले गोली चलाएर लोप्साङ भनिने मिलन तामाङ (बाबुराम) लाई पक्राउ गर्यो। उनीसँगै अमृत तामाङलाई पनि प्रहरीले समातेको थियो। यो घटना सिधै गाउँपालिका अध्यक्ष खड्कासँग जोडियो।

लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्कासँग चन्दा माग्दै पैसा नपाए छोरी अपहरण गर्ने धम्की दिएको भन्ने अध्यक्ष खड्काको जाहेरीपछि प्रहरीले उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरेको थियो।

आफ्नो छोरी अपहरण गर्न आएको दावीसहित गाउँपालिका अध्यक्षको उजुरीको आधारमा उनीहरु पक्राउ परेका थिए। उक्त गोलीकाण्डपछि अध्यक्ष खड्काले आफूलाई धम्की दिने भनिएका युवकहरुलाई वडाध्यक्ष सुवास बोहरा र गाउँपालिका उपाध्यक्ष दीपशीखा दाहालले परिचालन गरेको आरोप लगाए। वडाध्यक्ष बोहराले मन्थली पुगेर आरोप प्रमाणित गर्न वा पार्टीले कारवाही गर्न चुनौती दिएका थिए।

उपाध्यक्षसहित वडाध्यक्षलाई झुट्टा मुद्दामा अध्यक्षले फसाउन खोजेको तर्क गरे। फिरौती माग्न योजना बनाएको आरोपमा उपाध्यक्ष दिपशिखा दाहालसहित वडा अध्यक्षको नाममा अदालतमा अध्यक्ष खड्काले दिएको किटानी जाहेरीको आधारमा मुद्दा दायर भयो। उक्त मुद्दामा फैसला गर्दै दुई जना जनप्रतिनिधिलाई जिल्ला अदालतले दोषी ठहर गरेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! सोमबारदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म दुईवटा बस निःशुल्क सञ्चालन गर्ने व्यवस्था सशस्त्र प्रहरीले मिलाएको छ। मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा उनी कारागारबाट भागेको चार दिनमै फेरि कारागारमै पुगेका छन् । मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्