काठमाडौं– वीरगञ्ज महानगर र आसपासका क्षेत्रमा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले सीमा नाकाबाट हुने आवागमनमा कडाइ गरेको छ। अत्यावश्यक कामबाहेक सीमानाकाबाट ओहोरदोहोर गर्न रोक लगाइएको छ।
दैनिक सक्रिय संक्रमितको संख्या बढ्न थालेपछि नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय पर्साको भनाइ छ।
अत्यावश्यक काम नपरी नेपालबाट भारततर्फ नजान पनि प्रशासनले आग्रह गरेको छ। पर्सामा अहिले सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी पुगिसकेको छ।
भारतमा संक्रमण तीव्र गतिमा फैलिएकाले खुला सिमानाबाट निर्बाध आवतजावत गर्दा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सुरक्षाका उपाय अपनाइएको प्रशासनको भनाइ छ।
मुख्य नाकामा हेल्थ डेस्क राख्ने तथा सचेतनामूलक कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ। भारतबाट आउनेको तापक्रम र एन्टिजिन परीक्षणसमेत भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।