काठमाडाैं- एल.जी. को आधिकारिक विक्रेता सि.जी. इम्पेक्स प्रा.ली. ले एन्टी-भाइरस फिल्टर भएको एसी नेपाली बजारमा ल्याएको छ। यो एन्टी-भाइरस फिल्टरले भित्री वातावरणका किटाणु नष्ट गर्ने र वातावरण ताजा बनाउने कम्पनीको दावी छ।
एन्टी-भाइरस फिल्टरले किटाणु नष्ट पार्ने प्रमाणपत्र पाएको पनि कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार यो एसीमा फोर इन वान कन्भर्टेबल मोड छ जसले एसीलाई ४० प्रतिशत, ६० प्रतिशत, ८० प्रतिशत र १०० प्रतिशत अर्थात मान्छे धेरै हुदाँ पूर्ण रूपमा चलाउने र कम हुँदा त्यही हिसाबले चलाउन सकिने विशेषता छ। यो सुविधाबाट विद्युत कम खपत गरी पैसा बचत गर्न सकिने कम्पनीले बताएको छ।
यो एसीमा डुअल इन्भटर कम्प्रेसर छ जसले रोटरको गति नियन्त्रण गर्छ र उच्च गति र कम गतिमा स्थिर भएर काम गर्छ। यसले गर्दा यसको आवाज एकदमै कम आउनुका साथै ७० प्रतिशतसम्म कम बिजुली खपत गर्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।