काठमाडाैं- अनलाइन शपिंग बजार दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्नो सबै फ्रन्टलाइन र वितरण कर्मचारीका लागि कोभिड–१९ खोप दिन आरम्भ गरेको छ।
गत २ हप्तादेखि देशभरिको विभिन्न सहरहरुबाट कर्मचारीलाई काठमाडाैं ल्याएर खोप लगाएर फिर्ता पठाएको कम्पनीले जनाएको छ।
फ्रन्टलाइन कर्मचारीहरु कम्पनीको एक महत्वपूर्ण हिस्सा हुन् र उनीहरुनै कोभिड–१९ को अधिक जोखिममा हुन्छन्। यसैले फ्रन्टलाइन कर्मचारीहरु कोभिड–१९ को खोप प्राप्त गर्ने पहिलो थिए।
‘खोप लगाउनु भनेको भाइरसबाट आफूलाई मात्र जोगाउनु नभई आफ्नो परिवार, साथीहरू र सहकर्मीहरूलाई नि जोगाउनु हो,’ हब सुपरभाइजर विशाल श्रेष्ठ भन्छन्।
नियमित तापक्रम जाँचदेखि सामाजिक दूरी कायम राखेर दराज आफ्नो सबै कर्मचारीहरुलाई एउटा सुरक्षित काम गर्ने वातावरण प्रदान गरिरहेको दाबी गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।