धरान- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा पक्राउ परेका छन्।
भोक्राहा नरसिंह गाउँपालिका-३ घर भएका ५४ वर्षीय यादवलाई प्रहरीले सुनसरीको धरान उपमहागरपालिका-१३ स्थित डुकु होटेल एण्ड लजबाट पक्राउ गरेको हो।
अध्यक्ष यादवलाई होटलमा यौनजन्य क्रियाकलाप गर्दै गरेको अवस्थामा पक्राउ गरिएको धरान प्रहरीले जानकारी दिएको छ।
अध्यक्ष यादवले होटलमा युवतीमाथि जबरजस्ती करणी गरेको भन्दै स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार अध्यक्ष यादवले जागिर लगाइदिने भन्दै आफूमाथि यौन शोषण गरेको पीडित युवतीले बयान दिएकी छन्।
पीडित युवतीको बयानका आधारमा प्रहरीले यादवमाथि जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।