उनले सामाजिक सञ्जाल ट्वीटरमा एक पोष्ट सेयर गर्दै लेखेकी छन्, केहि दिनको हावा पानी र बर्षापछि रुघा खोकीले समात्यो र दुई दिन ज्वरो पनि आयो । स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो।
केकीले अगाडि लेखेकी छन्, ‘तीन दिनपछि फेरि स्वाव परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ।’
उनले कोरोना नेगेटिभ देखिएपनि आफू केहि दिन आइसोलेसनमै बस्ने बताएकी छन्।
रिपोर्ट नेगेटिभ आएपनि चिकित्सकको सल्लाहमा आफू केहि दिन आइसोलेसनमा बस्न लागेको उनले बताइन्। कोरोनाबाट बच्न सचेत र सजग रहन उनले सबैमा अनुरोध गरेकी छिन्।
कोरोना पोजेटिभ देखिएकाले उनले हालै काम गरिरहेको फिल्म ‘घिन्ताङ’ को छायांकनसमेत रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।