बाँके– बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक बिरामीको मृत्यु भएको छ।
शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१७ बाँके निवासी ८६ वर्षीय सङ्क्रमितको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
उनका अनुसार यही वैशाख ७ गते गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो। यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ। जिल्लामा आजमात्रै २०४ नयाँ सङ्क्रमित थपिएका छन्। भेरी अस्पतालमा लिइएको ३५० नमूना स्वाबको परीक्षणमा २०४ मा कोरोना पुष्टि भएको उनले बताए। दैनिकरूपमा सङ्क्रमित र बिरामीको चाप बढेपछि बाँकेका अस्पताललमा गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गर्न थालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।