काठमाडौं– प्रदेश नम्बर १ मुख्यमन्त्री शेरधन राईलाई 'बलात्कारी' भनेपछि बालिका खड्का पक्राउ परेकी छन् ।
खड्कालाई बिहीबार नेकपा एमाले मुख्यालय थापाथलीबाट प्रहरीले पक्राउ गरेको छ । एमाले मुख्यालय बिहीबार नै धुम्बाराहीबाट थापाथली सरेको थियो ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री राई पनि थापाथलीस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा सहभागी हुन आएका थिए ।
कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई ‘बलात्कारी’लगायतका गालीजन्य शब्द प्रयोग गरेको भन्दै प्रहरीले खड्कालाई पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।