काठमाडाैं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली गलत प्रवृत्तिको नाइके भएको आरोप लगाएका छन्।
पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले गलत प्रवृत्ति भएकै कारण पार्टीबाट ओलीलाई गलहत्याएको बताए।
‘कानुनसम्मत तरिकाले गलत प्रवृत्तिका खलनायकहरुलाई निकालेकै हो। त्यहाँ हामी पराजित भएको होइन,’ प्रचण्डले भने, ‘पराजित त उनीहरु भए जसले प्रतिक्रान्तिको बाटो हिंडे। जसको साथमा पार्टीको बहुमत थिएन।’
प्रतिनिधि सभाका बहुमत सदस्यले पनि ओलीलाई हटाएको उनले बताए। पार्टी तथा बहुमत सदस्यले ओलीलाई हटाउँदा पनि उनको भूमिका उस्तै रहनुप्रति आश्चर्यता प्रकट गर्दै प्रचण्डले भने, ‘नेपालमा यो के भयो? कसले गर्यो? विचित्रको नौटंकी कताबाट आयो?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।