काठमाडाैं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुँदैछ। आज दिउँसो दुई नेताबीच एक्लाएक्लै भेट हुन लागेको हो।
वरिष्ठ नेता नेपालले भेटको समय टुंगो लागेपनि स्ठान भने खुलाएनन्। केहीबेरअघि आफूनिकट सांसदहरूसँगकाे छलफलमा उनले ओलीलाई भेट्न जान लागेको जानकारी गराएका थिए। 'तर, उहाँले भेट्ने ठाउँबारे भने केही उल्लेख गर्नुभएन', छलफलमा सहभागी एक सांसदले नेपाल लाइभलाई भने।
बुधबार साँझ पनि उनीहरूबीच २ घण्टा लामो छलफल भएको थियो। एमाले विभाजनको संघारमा पुगेको चर्चा चलिरहेका बेला प्रमुख दुई नेताबीचको संवाद शुरु भएको हो।
बुधबार उनीहरूले काठमाडाैंको नक्साल-नागपाेखरीस्थित मेरिट होटलमा छलफल गरेका थिए। नेता नेपालले बालुवाटारमा हुने छलफलमा सहभागी नहुने अडान राख्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।