काठमाडौं- लक्ष्मी बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १२९औँ शाखा सिन्धुलीको सुनकोशी गाउँपालिकाको रामटारमा सञ्चालनमा ल्याएको छ।
यो शाखामार्फत् बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरूमााझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।
हालसम्म बैंकको ४८ जिल्लामा १२९ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५८ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरू रहेको बैंकले जनाएको छ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सेवा विस्तार गर्दै आएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।