काठमाडौं– बुधबारदेखि भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा मेलम्चीको पानी वितरण सुरु भएको छ। मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्याङ्कीमार्फत भक्तपुर क्षेत्रमा पानी वितरण सुरु भएको हो।
केही दिनभित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण हुने खानेपानी संस्थानले बताएको छ।
नगरपालिकाले यहाँ पुरानो पाइपको ठाउँमा नयाँ पाइप जडान गरेको छ। मेलम्चीको पानी काठमाडौं झरेपछि ९० प्रतिशत पानी काठमाडौँमा वितरण भए पनि १० प्रतिशत पानी चुहावट भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी प्रमुख मिलन शाक्यले बताए।
पुरानो पाइप लाइनबाट पानी चुहावट हुने र पाइप फुट्ने गरेको उल्लेख गर्दै उनले ३२० ठाउँमा भएको चुहावटमध्ये २ सय ठाउँको चुहावट रोकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।