सांकेतिक तस्वीर
काठमाडौं– कैलालीको मध्यवर्ती गौरीगंगा नगरपालिकामा वडा नं ७ मा रहेको शिवशकंर सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्केर एकजना घाइते भएका छन्।
जंगलमा शिकार खेल्न गएका बेला भरुवा बन्दुक पड्केर वडा नं ९ शंकरपुरका इन्द्रबहादुर विक घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक भरत चौधरीले भरुवा बन्दुक पड्केर घाइते भएका विकको धनगढीस्थित मायामेटो अस्पतालमा उपचार भइरहेको जानकारी दिए। विक मौलियाका वीरबहादुर थापामगरसँगै जंगलमा शिकार खेल्न गएका थिए।
चौधरीले दुई थान भरुवा बन्दुकसहित थापामगरलाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए।
थापामगरलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । जंगली जनावरको शिकार खेल्न गएका बेला आफैंले पड्काएको भरुवा बन्दुक लागि घाइते भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। सो क्षेत्रमा जंगली जनावरको चोरी शिकारी हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।