काठमाडौं– नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ। नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यालय भवनको शिलान्यास गरेका हुन्।
मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय रहेका स्थानमा बन्ने नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ।
हाल पार्टी कार्यालय धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान भवनमा रहेको छ। २०५१ सालमा निर्मित एमाले कार्यालय २०७२ सालको महाभुकम्पले भत्किएको थियो। पार्टी कार्यालय भवन भत्किएपछि एमाले कार्यालय धुम्बाराहीबाट सन्चालन हुँदै आएको थियो ।
बल्खुमा नयाँ भवन तयार नहुन्जेलका लागि एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सञ्चालन गर्ने तयारी गरिएको छ।
यसका लागि पार्टीले थापाथलीमा भवन भाडामा लिइसकेको छ। थापाथलीस्थित कार्यालयको आजै उदघाटन कार्यक्रम राखिएको नेकपा एमालेले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।