काठमाडौं– शिक्षा मन्त्रालयले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिँदै आएको वैदेशिक अध्ययन स्वीकृतीपत्र (नो अब्जेक्सन लेटर–एनओसी) दिन बन्द गरेको छ।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै बिहीबारदेखि यस्तो लेटर दिन बन्द गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ।
जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको मन्त्रालयको सूचनामा उल्लेख छ।
बिहीवारदेखि लागु हुने गरी अर्को सूचना नभएसम्मका लागि यो व्यवस्था गरिएको बताइएको छ।
विदेशमा अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने नो अब्जेक्शन लेटर जारी नरोकिने सूचनामा उल्लेख छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।