काठमाडौं– प्रभु बैंक लिमिटेडले नुवाकोटको वेलकोटगढी नगरपालिका–७ स्थित महादेवफाँटमा शाखा सञ्चालन गरेको छ। योसँगै देशभर बैंकको शाखसंख्या २१४ पुगेको छ।
महादेव फाँट शाखाबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकाले यहाँका स्थानीय, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले सहज वित्तीय सेवा पाउने बैंकको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।