काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अपरेशन’लाई अवैध भएको सर्वोच्च अदालतको ठहर, स्टिङ अप्रेशनकै भरमा विशेष अदालत मुद्दा लैजाने अख्तियारको कार्य रोकियो ।
२) सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई दिने माओवादी केन्द्रको निर्णय, अन्य दलसँग छलफल गरेर उपयुक्त समयमा समर्थन फिर्ता लिइने ।
३) सुरिया हेल्थकेयरको पीसीआर परीक्षण रिपोर्ट लिएर विदेश जान लागेका १७२ जना विमानस्थलबाटै फिर्ता, ल्याबमाथि अनुसन्धान भइरहेकाले फिर्ता पठाइएको विमानस्थलका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाको भनाइ ।
४) भारतको महाराष्ट्र राज्यस्थित नासिक म्युनिसिपल कर्पोरेशनले चलाएको अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचाररत् २२ जनाको मृत्यु, घटनाको विषयमा छिट्टै अनुसन्धान सुरु गरिने ।
५) र, थ्री नेसन्स कप टी–२० क्रिकेट सिरिज अन्तर्गत नेदरल्यान्ड्स र मलेसियाबीच भएको खेल टाई, आयोजक नेपाल एक खेल अगावै फाइनलमा, नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।