काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लोकसेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा कार्यरत शाखा अधिकृत मिमबहादुर शाही बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
आयोगले शाखा अधिकृत शाहीलाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको मागदाबीसहित बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
शाहीले नेपाल वायु सेवा निगमतर्फको (खुल्ला, समावेशी) सहायक चौथो पदको लागि भएको परीक्षामा सहभागी भएकी छोरीको उत्तरपुस्तिका सच्चाएको सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान थालेको थियो।
उनले छोरीलाई लोकसेवाले लिएको निगमको परीक्षा पास गराउन उत्तरपुस्तिका सच्चाएका अख्तियारको आरोपपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।