काठमाडौं– नवनिर्मित धरहरामा गजुर स्थापना गरिएको छ।
भूकम्पले क्षति पुर्याएको धरहराको पुरानै गजुर मर्मत गरि सुनको जलप लगाएर नवनिर्मित धरहरामा स्थापना गरिएको हो।
यस्तै धरहराको २१ औं तलामा बुधबार शिवलिंग स्थापना गरिएको छ । विशेष पूजा अर्चनासहित शिवलिंग स्थापना गरिएको हो।
नयाँ धरहरामा गजुर राख्नका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले पूजाअर्चना गरेका थिए।
२०७२ वैशाख १२ को भूकम्पका कारण भत्किएको धरहरा पुनर्निर्माण गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहरा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
उद्घाटन भएको केही समयपछि मात्र सर्वसाधारणका लागि धरहरा खुला गरिनेछ।






तस्वीर- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।