काठमाडौं–निःसन्तानको पीडा झल्काउने म्युजिक भिडियो पलपल चोटको महिला भर्सन सार्वजनिक भएको छ।
म्युजिक भिडियोमा सन्तान नजन्माउँदा महिलाले भोग्नुपरेको समस्या देखाउन खोजिएको छ। पुरुष नपुंसताले निम्त्याएको समस्यामा कसरी एउटा महिला पीडित भइरहेकी हुन्छिन् भन्ने कथा म्युजिक भिडियो देखाइएको छ।
जनक सिंहले निर्देशन गरेको भिडियोको परिकल्पना सनम कठायतले गरेका हुन्। भिडियोमा सनमसँगै दिया जिसीको अभिनय देख्न सकिन्छ। भिडियो दिपक गिरीले खिचेका हुन् भने यसलाई रंगरोहन गर्ने र सम्पादन गर्ने काम टेकेन्द्र शाहिले गरेका छन्।
मेलिना नेवारको स्वरमा रहेको गीतलाई मनोज गुरुङले लेखेका हुन्। त्यस्तै गीतमा राजकुमार बगरले संगित भरेका छन् भने संगित संयोजनको काम सुदिप सागरले गरेका छन्।
भिडियो एभरेष्ट ग्यालरी नामक युट्युव च्यानलबाट सार्वजनिक भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।