काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको बैठकमा नेताहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले जानकारी दिए।
आजको बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, प्रदेशहरुमा पार्टीको अवस्था र अन्य दलहरुसँगको गठबन्धन लागायतका विषयमा छलफल भयो’नेता पौडेलले भने,‘नेताहरुको रिपोर्टिङ चलिरहेको छ।’
पौडेलका अनुसार बैठक भोलि पुन बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।