काठमाडौं- ओपोले नेपालमा ‘एफ १९’ को बिक्री सुरू गरेको छ। यो स्मार्टफोन आकर्षक डिजाइन मन पराउने ‘ट्रेण्ड सेटिङ’ पुस्तालाई लक्षित गरिएको कम्पनीले जानकारी दिएको छ।
‘एफ १९ मा ब्रिलियन्ट स्क्रिन, उच्च कोटीको परफरमेन्सका साथै कम्पनीले आकर्षक डिजाइन पनि दिएको छ। यसको विकास गरिँदा प्रयोगकर्ताले फोनको दैनिक प्रयोग गर्दा ब्याट्रीका कारण कुनै समस्या झेल्न नपरोस् भन्नुका साथै छरितो चार्जिङमार्फत् चार्जिङकै लागि धेरै समय खर्चिन नपरोस् भन्नेतर्फ पनि विशेष ध्यान दिइएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एफ सिरिजको डिजाइन आफ्नो दैनिक आवश्यता पूर्तिका साथै जीवनमा सहजता प्रदान गर्ने प्रविधिसहितको ट्रेण्डी स्मार्टफोन चाहने उपभोक्ताहरूका लागि गरिएको ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए। यसमा ३३ वाट फ्ल्यास चार्ज सुविधासहितको पाँच हजार एमएएच क्षमताको ब्याट्री जडान गरिएको उनले बताए।
नेपाली बजारमा यसको बिक्री मूल्य ३४ हजार ५९० रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।