काठमाडाैं- गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको छ।
विपक्षी दलले विशेष अधिवेशन माग गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गरेका हुन्। संसद बैठक वैशाख १३ गते ४ः४५ बजे बस्ने गरी बोलाइएको छ।
अविश्वासको प्रस्ताव दर्ता हुने भएसँगै मन्त्रिपरिषद्ले संसद बैठक अन्त्य गर्ने निर्णय गरेको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादीका २८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
संसद अन्त्य गरिएपछि विपक्षी दलले विशेष अधिवेशनको प्रदेश सरकार प्रमुख समक्ष समावेदन गरेका थिए।
संसद बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।