काठमाडाैं- लक्ष्मी बैंकले 'अरेन्ज सेभिङ प्लस' नामको प्रिमियम बचत योजना ल्याएको छ। बैंकले नयाँ वर्ष अफरको रुपमा उक्त प्रिमियम बचत खाता सञ्चालनमा ल्याएको हो।
उक्त खातामा ग्राहकलाई ४.५% ब्याजदरसहित थप आकर्षक सुविधा प्रदान गरिने बैंकले जानकारी दिएको छ। यस खातामा ग्राहकले एक लाख रुपैयाँसम्मको वार्षिक स्वास्थ्य बिमा र १० लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु /अक्षमता बिमा सुविधा पाउन सकिने जनाएको छ।
साथै, डेबिट/क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि नि:शुल्क जारी गरिने भएको छ। लक्ष्मी बैंकको डेबिट कार्ड नेपालभरि कुनै पनि एटीएममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिनेसमेत बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।