काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कायम राख्ने पक्षमा आफू नभएको प्रष्टाएका छन्।
नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा देउवाले प्रधानमन्त्री ओलीलाई हटाउन खोजेको बताएका हुन्। ‘ओलीलाई राख्न मैले पनि कहाँ खोजेको छु र? प्रचण्डको पार्टीले समर्थन फिर्ता लिएको छैन।’ देउवाले भने,‘माओवादीले फिर्ता नलिएर ओलीलाई बहुमत छ।’
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादीले साथ दिएकाले अविश्वासको प्रस्ताव आउन नसकेको प्रष्टाए। राजनीतिमा धैर्यता आवश्यक पर्ने बताउँदै ओलीले परिस्थिति हेर्दै जान नेता कार्यकर्तालाई आग्रह गरे। राजनीति सम्भावनाको खेल भएको पनि उनले सुनाए।
प्रधानमन्त्री ओली भारतको त्वं शरणमा परेको आरोप देउवाले लगाए। देउवाले भने,‘ओलीमा राष्ट्रवाद कहाँ छ? कम्युनिस्ट जस्तो अवरसरबादी कोही हुन्नन्। उनको चुनावी राष्ट्रवाद हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।