काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ। सोमबार नेप्से परिसूचक ३७.५८ अंकले घटेर २६६१.९४ विन्दुमा कायम भएको छ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०६ अंकले घटेर ४७९.१० विन्दुमा ओर्लेको छ।
आज २१३ वटा कम्पनीको एक करोड ४१ लाख ९० हजार कित्ता सेयर ७३ हजार ४३३ पटक खरिद-बिक्री हुँदा ६ अर्ब ७५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.९८ प्रतिशतका दरले कमाएका छन्। चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.८० प्रतिशतका दरले गुमाएका छन्।
आज अधिकांश समूहको परिसूचक ओरालो लाग्दा जलविद्युत् र वित्त समूहको परिसूचक बढेको छ। वित्त समूहको परिसूचक ६.१७ र जलविद्युत् समूह ३.१८ अंकले बढेको हो।
होटल तथा पर्यटन समूहमा सबैभन्दा धेरै २४०.८३ अंकले गिरावट भएको छ। यस्तै निर्जीवन बिमा समूह २३९.१३, जीवन बिमा समूह १२९.७७, व्यापार समूह १०७.९, माइक्रोफाइनान्स समूह ६२.७, विकास बैंक समूह ५६.८ तथा बैंकिङ समूह ३४.८५ अंकले घटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।