काठमाडौं- आईपीओ जारी गर्दै दोस्रो बजारमा सूचीकृत भएको चन्द्रागिरि हिल्सले आर्थिक वर्ष २०७६/७७ मा १८ करोड रूपैयाँ भन्दा बढी घाटा व्यहोरेको छ। केही दिनअघिसम्म कम्पनीको सेयर मूल्य उचालिँदै गएको थियो।
कम्पनीले यस आर्थिक वर्षको ९ महिनामा अर्थात् प्रकाशित तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो नोक्सानी व्यहोरेको हो। गत आर्थिक वर्ष यसै अवधिमा कम्पनीले २ करोड १८ लाख रुपैयाँ नोक्सानी व्यहोरेकोमा अहिले १६ करोडले बढेको हो।
कम्पनीले केबलकार संचालनबाट ९ महिनामा कुल १७ करोड ४२ लाख रूपैयाँ आम्दानी गरेको छ। संचालन तथा प्रशासनिक खर्च बढी भएपछि कम्पनीको नोक्सानी बढेको हो।
कारोना महामारीका कारण लागू भएको लकडाउनयता चन्द्रागिरि हिल्सले सञ्चालन बन्द भएको थियो। कम्पनीले समीक्षा अवधिमा सञ्चालन गरी १७ करोड ४२ लाख २० हजार १८८ रुपैयाँ आम्दानी गरेको छ। जबकि, कम्पनीले गत वर्षका सोही अवधिमा ४१ करोड २२ लाख ११ हजा ६६० रूपैयाँ आम्दानी गरेको थियो।
कम्पनीको प्रतिसेयर आम्दानी ११.८१ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ७९.०८ रूपैयाँ छ। त्यसैगरी, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ०.०५ रूपैयाँ छ। कम्पनीको प्राइस अर्निङ रेसियो २१०.४८ छ भने चालु अनुपात २.८६ छ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रूपैयाँ छ। जगेडा कोष ३२ करोड नोक्सानमा छ। त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ ७९ रूपैयाँ ९ पैसा मात्रै छ। कम्पनीको वित्तीय स्थिति नाजुक देखिए पनि बजारमा भने मूल्य उच्च छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।