काठमाडौं- आईएमएस ग्रुपअन्तर्गतको आईएमएस मोटर्सले नयाँ वर्ष २०७८ को अवसरमा ‘स्याङयोङ नव वर्ष अफर’ ल्याएको छ।
स्याङयोङ मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता आईएमएस मोटर्सले ग्राहकलाई पाँच लाख रूपैयाँसम्म छुटसहितको अफर ल्याएको हो।
यस योजनाअन्तर्गत ग्राहकले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्समिसन र टिभोलि म्यानुअल ट्रान्समिसनमा पाँच लाख रूपैयाँसम्म पाउने छन्। साथै, दुई लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
स्याङयोङले ग्राहकलाई एक वर्ष निःशुल्क बिमा, सात वर्ष सजिलो फाइनान्स, तीन वर्ष वारेन्टी, तीन वर्ष निःशुल्क सर्भिसिङ तथा ११ हजार रूपैयाँ बराबरको निःशुल्क एसेसरिजसमेत यही अफरमा उपलब्ध गराउने जानकारी दिएको छ। यो अफर वैशाख ३१ गते सम्ममात्र लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।