• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १७, २०८२ Thu, Jan 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वायु प्रदूषणका विषयमा गगन थापासहित चार सांसदले दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव

64x64
नेपाल लाइभ आइतबार, वैशाख ५, २०७८  २०:३७
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सांसद गगनकुमार थापासहित काठमाडौंबाट निर्वाचित चार सांसदले संसद्‌मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। 

थापा प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थकमा भीमसेनादास प्रधान, राजेन्द्रकुमार केसी र जीवनराम श्रेष्ठ रहेका छन्। 

विगत केही हप्तादेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषणले विकराल रूप लिएकाले वायु प्रदूषण न्यूनीकरण गर्न तत्काल गर्नुपर्ने काम, दीर्घकालीन तयारी एवं पहलकदमीका सन्दर्भमा उक्त प्रस्ताव दर्ता गराएको थापाले बताएका छन्। 

Ncell 2
Ncell 2

उनले अब बस्ने प्रतिनिधि सभा बैठकमा वायु प्रदूषणको विषय प्राथमिकतामा राखेर छलफल हुने विश्वास व्यक्त गरेका छन्। 

'वायु प्रदूषणको असर हामीले बुझे जस्तो र अहिले महशुस गरेजस्तो सामान्य टाउको दुख्ने, आँखा, नाक, घाँटी र स्वासप्रश्वास प्रणालीमा मात्र छैन। अध्ययनले देखाउन थालेको छ यसले मुटुको रोग, मस्तिष्कघात, फोक्सोको क्यान्सर, दमका साथै प्रजनन प्रणालीमा समेत गम्भिर नकारात्मक असर गर्दछ। बच्चाको मस्तिष्क विकासमा गम्भिर असर गर्दछ', प्रस्तावमा भनिएको छ,  'जसका कारण पछिल्ला वर्षहरूमा मुटु रोग, स्ट्रोक, श्वास प्रश्वास सम्बन्धी समस्या लगायतका रोगका बिरामी समेत बढ्दै गएको र वर्षेनी हजारौं मानिसले प्रदूषणकै कारणबाट हुने रोगका कारण ज्यान गुमाउनु परेको छ। यसको अर्थ हो हामी अहिलेको पुस्ता मात्र होइन आउँदो पुस्तालाई समेत रोगी बनाइरहेका छौं। अत: वायु प्रदूषण न्यूनीकरण र नियन्त्रण गर्नका लागि तत्कालीन र दीर्घकालीन समाधानका उपायहरू खोजी सो को प्रभावकारी कार्यान्वयन गर्न सम्मानित सदनले सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले यो सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छौं।'

छलफल गर्नुपर्नाको कारणलाई यसरी उल्लेख गरिएको छ

  • काठमाडौंलगायत देशका विभिन्न ठाँउमा वायु प्रदूषणले विकराल रुप लिएर जनजीवन प्रभावित भएको छ। एक किसिमको जनस्वास्थ्य आपतकालको अवस्थामा हामी छौं। यसलाई गम्भीर र संवेदनशील रुपमा लिई अहिलेको वायु प्रदूषणको मुख्य कारण डढेलो लगायत प्रदूषणका अन्य कारणहरूको खोजी गरी तत्काल त्यसको न्युनिकरण र नियन्त्रण गर्नका लागि कार्ययोजना र कार्यतालिका बनाई तीन तहको सरकारवीच समन्वय गरी काम गर्न यस सम्मानित सदनले सरकारलाई निर्देशन दिनु आवश्यक भएकोले।  
  • नेपालको संविधानले स्वच्छ वातावरणको हकलाई सुनिश्चित गरेको छ। वायु प्रदूषण जनस्वास्थ्यको महत्वपूर्ण मुद्दा हो। स्वस्थ र स्वच्छ वातावरणमा बाँच्न पाउने तथा प्रदूषण रहित वायुमा सास फेर्न पाउने जनताको अधिकारलाई सुनिश्चित गर्न र जनस्वास्थ्यको रक्षा गर्न आवश्यक कदम चाल्नु सरकारको दायित्व हो, जिम्मेवारी हो। विभिन्न स्रोतबाट हुने वायु प्रदूषणका कारण जन-स्वस्थ्यमा गम्भिर तथा प्रतिकुल असर परेको सन्दर्भमा अविलम्ब यसको दिर्घकालीन उपायहरू अवलम्वन गर्न यस सम्मानित सदनले सरकारलाई निर्देशन दिनु आवश्यक भएकोले।  
  • वायु प्रदूषणले काठमाडौंवासीलाई झनै आक्रान्त पारेको छ। काठमाडौं उपत्यकाको प्रदूषणको समस्या कुनै एक निश्चित निकाय र तहको सरोकार र कार्यक्षत्रको विषय होइन। काठमाडौंको प्रदूषणको नियन्त्रण तथा न्यूनिकरणमा तीनै तहका सरकारको उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी छ। तीन तहको सरकार र अन्तर्गतका निकाय तथा अन्य सरोकारवाला बीच समन्वय हुन अत्यावश्यक छ। एकिकृत कार्यदिशा, रणनीति, योजना तथा कार्यक्रम हुन आवश्यक छ। अतः नेपाल सरकारले गतवर्ष जारी गरेको "काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६"लाई द्रुत गतिमा कार्यान्वयनमा लैजान तथा सवै तहका सरकार र सरोकारवाला निकायको समन्वयमा वायू प्रदूषण न्युनिकरण सम्बन्धि एकिकृत योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यतालिका र जिम्मेवारी सहित सो को प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई अविलम्ब निर्देशन दिनु आवश्यक भएकोले।     
  • वायु प्रदूषणलाई न्युन गर्नको लागि विभिन्न मन्त्रालय र अन्तर्गतका निकायले गर्नुपर्ने थुप्रै कामहरू छन। पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई प्रतिस्थापन गरी विद्युतीय सवारी साधनको प्रयोग गर्ने सन्दर्भमा सरकारले केही बर्ष अघि बनाएको ''विद्युतीय सवारी साधन सम्बन्धी कार्ययोजनाको कार्यान्वयनको अवस्था के छ सो को जानकारी सदनलाई गराउन तथा अवश्यक नीति र संयन्त्रको विकास गर्न सरकारलाई झक्झकाउनु आवश्यक छ। त्यस्तै, हाम्रो विकास निर्माणको प्रकृया र पुर्वाधार निर्माणको काम गर्ने तरिकालाई समायनुकुल परिवर्तन र परिमार्जन गर्दै विभिन्न Innovative Contracting र Innovative Financing का विधिहरु आवश्यक छन्।त्यसैगरी सडक, खानेपानी लगायतको पूर्वाधार निर्माण गर्दा कम भन्दा कम प्रदूषण हुने विधि तथा प्रविधिको प्रयोगलाई अनिवार्य रुपमा कार्यान्वयन गर्न लगायतका कामहरूलाई व्यवस्थित गर्न प्रचलित कानूनमा थुप्रै परिमार्जन तथा एकीकृत गर्नुपर्ने छ। अतः विद्यमान कानूनहरूको अध्ययन गरी परिमार्जन गर्नुपर्ने कानूनहरूको संसोधन प्रस्ताव अविलम्व संसदमा पेश गर्न आवश्यक भएकोले।

यस्तो छ चार सांसदले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव :

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  २०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
निर्धारित समयमै चुनाव हुनुपर्नेमा डा. बाबुराम भट्टराईको जोड चुनाव हुँदैन, तयारी पुगेको छैन जस्ता कुरा गरेर अब हुँदैन । यो सरकारले २१ फागुनमा चुनाव गराउन सक्छ, प्रधानमन्त्री सुशीला कार्कीको नेत... बुधबार, पुस १६, २०८२
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई टाइम्स अफ इन्डियासँगको विशेष कुराकानीमा भट्टराईले नेपाल अझै पनि सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको र यहाँका राजनीतिक संस्थाहरू पूर्... बुधबार, पुस १६, २०८२
हाम्रा मुद्दाले जनताको समर्थन पाएको छ, निकट भविष्यमै पार्टीबाट पनि अनुमोदन हुनेछ : भट्टराई यो वेला हामीले गम्भीर समीक्षा गरी सही निकास दिनको लागि पनि धैर्यता आवश्यक रहेको उनले बताए । बुधबार, पुस १६, २०८२
ताजा समाचारसबै
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन बिहीबार, पुस १७, २०८२
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस बिहीबार, पुस १७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, पुस १७, २०८२
लिची बगान जग्गा हिनामिनामा पूर्वमन्त्री गुप्ता थुनामा बिहीबार, पुस १७, २०८२
निर्धारित समयमै चुनाव हुनुपर्नेमा डा. बाबुराम भट्टराईको जोड बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
२४ घण्टापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन बुधबार, पुस १६, २०८२
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई बुधबार, पुस १६, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, पुस १७, २०८२
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्