Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

फेरि कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै बाँके

64x64
कल्पना पौडेल शनिबार, वैशाख ४, २०७८  २०:२५
1140x725

नेपालगन्ज- बाँके जिल्ला पुनः कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको छ। कोरोना संक्रमितको संख्या तीव्र वृद्धि हुँदा संक्रमण नियन्त्रणभन्दा बाहिर जाने आकलन गर्न थालिएको छ। 

आगामी एक सातामा संक्रमण नियन्त्रणमा नआउने हो भने बाँके जिल्लाभरका स्वास्थ्य संस्था कोरोना संक्रमितले भरिने र उपलब्ध स्रोत साधनले समेत नधान्ने बताइएको छ।

शुक्रबारमात्र बाँकेका तीनवटा ल्यावमा २७१ जनाको पीसीआर परीक्षण गर्दा १९९ जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको थियो।बाँकेमा देखिएको यो अहिलेसम्मकै उच्च संक्रमण संख्या हो।बाँकेमा परीक्षण गरिएको पिसिआर नमुनामध्ये ७० प्रतिशतसम्म पोजिटिव रेट देखिँदा संक्रमणको व्यवस्थापनलाई लिएर पनि प्रश्न उठेको छ।

संक्रमण बढेसँगै संक्रमितले भेरी अस्पतालका बेड पनि भरिन थालेका छन्। भेरी अस्पतालमा पिसिआर नमुनाको लोड पनि बढेको छ। 

अस्पतालले आफ्नो स्रोत साधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको जनाएको छ। तर, यही क्रममा संक्रमण फैलिने र गम्भीर खालका बिरामीहरूको संख्या बढ्ने हो भने बिरामीको चाप थेग्न मुस्किल हुने चेतावनी पनि अस्पतालले दिएको छ। संक्रमणलाई थप फैलिन नदिन सरकारले अनुरोध गरे बमोजिमका सुरक्षाका मापदण्डहरूको पूर्ण पालना गर्न पनि अस्पतालले सबैलाई आग्रह गरेको छ।

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा प्रकाश थापाले उपचाररत विरामीमध्ये झण्डै आधा संख्या आइसीयूमा उपचाररत रहेको बताए। 

कुनै न कुनै हिसाबमा संक्रमण समुदायमा फैलिएको आंशका मेसु थापाले गरे। ‘अघिल्लो वर्ष पनि यही समयमा बाँकेमा उच्च संक्रमण देखिएको थियो', उनले भने, ‘यसले समुदायमा संक्रमण फैलिएको देखिन्छ। यो पहिलेको भाइरस हो वा नयाँ भेरियन्ट वा म्यूटेट के हो भन्ने यकिन भएको छैन।’ 

बाँकेमा कोरोनाकै कुन भाइरस हो भनेर जाँच्ने प्रविधि नभएको बताउँदै उनले अघिल्लो वर्षको तुलनामा भाइरस तिव्र फैलिएको बताए।अहिले सबै उमेर समुहका व्यक्तिमा संक्रमण फैलिएको उनले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

भेरी अस्पतालका ६ जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको छ। शल्यक्रिया कक्ष, वार्ड र प्रशासनमा कार्यरत उनीहरु सबैले कोभिसिल्ड खोप लगाएका थिए। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई संक्रमण देखिएपछि अस्पतालका अन्य स्वास्थ्यकर्मीको पनि पिसिआर परीक्षणका लागि नमुना संकलन गरिएको छ।

तत्काल विद्यालय बन्द गरिनुपर्छ
संक्रमणको तिव्र फैलावटलाई मध्यनजर गर्दै तत्काल विद्यालय बन्द गर्न चिकित्सकले आग्रह गरेका छन्। संक्रमण विद्यालय उमेर समूहका विद्यार्थीलाई देखिएकाले विद्यालय बन्द गर्नुपर्ने मेसु थापाले बताए। उनले भीडभाड रोक्न सभासेमिनार, बजारको भीडभाड बन्द गर्नुपर्ने समेत बताए।

नेपालगन्जका विद्यालयहरुले परीक्षा भइरहेको भन्दै विद्यालय बन्द गर्न आनाकानी गरिरहेका छन्। संक्रमणको अवस्था मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले उपमहानगरभित्रका विद्यालय शुक्रबारदेखि र आइतबारदेखि जिल्लाभरका विद्यालय बन्द गर्न डिसिसिएमी बाँकेलाई सिफारिस गरिसकेको छ।

बिहीबार मात्र नेपालगन्जका करिव आधा दर्जन विद्यालयमा शिक्षक र विद्यार्थी गरी १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। 

Xtrem

Xtrem

नेपालगन्ज उपमहानगरपालिकाका अनुसार स्थानीय धम्बोझी माध्यमिक विद्यालय, मंगलप्रसाद माध्यमिक विद्यालय, सेन्टथोमस बोर्डिङ स्कुल, वाटरपार्क, महेन्द्र र आर्दश माध्यमिक विद्यालय र सनविम माविका शिक्षक तथा विद्यार्थीलाई कोरोना संक्रमण भएको हो। ।

लकडाउनमा जानुको विकल्प छैन
संक्रमण समदायमा फैलिएको भन्दै तत्काल लकडाउनमा जानुपर्ने अवस्था आइसकेको मेसु थापा बताउँछन्।अघिल्लो वर्ष समयमा लकडाउन भएकाले संक्रमण नियन्त्रण गर्न सहज भएको भन्दै उनले यसपटक पनि ढिला गर्न नहुने बताए। लकडाउन गर्न ढिला भए संक्रमण नियन्त्रण बाहिर जान सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे। 

अत्यावश्यक बाहेक सेवा बन्द गर्दै भेरी अस्पताल
भेरी अस्पतालले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि फिवर क्लिनिक सञ्चालन गर्ने, रुटिन अप्रेशन बन्द गर्ने, अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्नेबारे सोच बनाइसकेको तर, निर्णय हुन बाँकी रहेको बताइएको छ।

ननकोभिड सेवा बन्द गर्दा थप समस्या हुने भएकाले समस्या पर्ने अस्पतालको भनाइ छ। पछिल्लो पटक कोभिड युनिट बन्द गरेको कोहलपुर मेडिकल कलेजले पनि पुनः कोभिड सेवा शुरु गर्न लागेको छ।

अस्पतालले तत्कालका लागि पिसिआर किट, व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध भए पनि संक्रमण बढ्दै जाँदा अभाव हुने भन्दै व्यवस्थापन गर्न शुरु गरेको छ।

रुपैडिया नाकाबाट दैनिक भित्रन्छन् २ हजार व्यक्ति
पछिल्लो समय नेपालगन्जस्थित नेपाल–भारत जमुनाह नाकाबाट नेपाल भित्रने नेपालीको भीड अत्यधिक बढेको छ। हरेक दिन दुई हजार बढी व्यक्ति आउन थालेका छन्।  सरकारले हरेक नाकामा हेल्थ डेस्क राखेपनि भारतबाट भित्रने सबैको जाँच भने हुन सकेको छैन।

भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेकाले पुनः लकडाउन हुन थालेपछि कामको खोजीमा भारत पुगेका नेपाली स्वदेश फर्कन थालेका हुन्। तर, नाकाबाट नेपालीहरु निस्फिक्री आइरहेका छन्। उनीहरुको बारे सोधखोज, स्वास्थ्य जाँच भने सबैको भएको छैन। यसरी भारतबाट आउनेहरुले स्वास्थ्यका मापदण्ड पालना गरेको पनि देखिँदैन।

नेपालगन्जमा स्थापित हेल्थ डेस्कमा दुई सिफ्टमा गरेर ४ जना स्वास्थ्यकर्मी खटाइएको छ। जसमा एक जना करारमा छन्। सिनियर अनमी गीता गिरी शाहीले सरकारले नाकाको हेल्थ डेस्कको क्षमता थप बढाउनु पर्ने र व्यवस्थित गराउनुपर्ने बताइन्। ‘यही व्यवस्थाले मात्र त कोरोना नियन्त्रण गर्न समस्या छ,’ उनले भनिन्।

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना पौडेल
पौडेल स्वास्थ्य बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
कोरोनाको जोखिम भत्तामा सरकारको 'मजाक', अर्थमै थन्कियो स्वास्थ्य मन्त्रालयको प्रस्ताव
कहिले आउँछ कोभिड खोप? सरकारलाई नै थाहा छैन
ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाउन मुस्ताङका स्वास्थ्यकर्मीले उठाएको त्यो जोखिम
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्