काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी हुनेनहुने विषयमा पार्टीबीच मतान्तर देखिन थालेको छ। केही नेता सहभागी हुनुपर्ने बताउँदै आएका छन् भने कोही जान नहुने पक्षमा छन्।
यसैबीच जनता समाजवादी पार्टीको एक समूहले बैठकमा नजाने बताइरहँदा अर्को समूह भने सहभागी हुने भएको छ। जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटार बैठकमा सहभागी हुने जसपा नेता लक्ष्मणलाल कर्णले बताए।
जसपाकै उपेन्द्र यादव तथा बाबुराम भट्टराईले भने बैठकमा सहभागी नहुने बताएका छन्।
त्यसैगरी नेपाल मजदूर किसान पार्टीले भने सहभागी हुने बताएको छ। पार्टीका नेता प्रेम सुवालले बैठकमा जाने बताए। प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी हुने र आफ्ना कुरा राख्ने उनको भनाइ छ।
यसैगरी संयुक्त जनमोर्चाले पनि बैठकमा सहभागिता जनाउने बताएको छ। पार्टीका तर्फकबाट मसालका प्रवक्ता हेमलाल पुरी बालुवाटार बैठकमा सहभागी हुँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।