काठमाडाैं- संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका दुई न्यायाधीशको नाम अनुमोदन गरेको छ।
शुक्रबार बसेको समितिको बैठकले उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालको नाम सर्वसम्मतले अनुमोदन गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए।
यसअघि सुनुवाइ समितिले उनीहरुविरुद्ध परेको उजुरीमाथि छलफल गरेको थियो। छलफलमा न्यायाधीशद्वयले आफूहरुविरुद्ध परेको उजुरी तथ सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए।
न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेका सुवेदीविरुद्ध पाँच र चुडालविरुद्ध दुईवटा उजुरी परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।