• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३१, २०८२ Sat, Jun 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
इतिहास : २००७ सालको संघर्ष पोखरा हान्ने निर्णय छाडेर किन बन्दीपुर कब्जा गर्‍यो कांग्रेसले?
64x64
श्रीभक्त खनाल शनिबार, वैशाख ४, २०७८  ०७:५७
1140x725

तनहुँको पुरानो सदरमुकाम बन्दीपुर आज गुल्जार पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ। घुमघामका पारखीलाई यसले आफूतिर खिचिरहन्छ। यसको सुन्दरता र सांस्कृतिक पहिचान आफैंमा धेरैका लागि आकर्षण बनेको छ। तर, बन्दीपुरको परिचय योभन्दा निकै फराकिलो छ। यसले इतिहासका अनेक कालखण्डमा कैयौं आयाम भोगेको छ। राणाशाहीविरुद्ध क्रान्ति गर्‍यो बन्दीपुरले। नयाँ परिवर्तनँगै गुल्जार भयो। २०२५ सालमा त्यहाँबाट सदरमुकाम दमौली सारिएपछि यो पहाडी बजार मुर्झायो। माओवादी द्वन्द्वकालका बेला त चहलपहल शून्यमा झरेर मरेजस्तै भयो। अहिले फेरि आन्तरिक र बाह्य पर्यटनका कारण बन्दीपुर बौरिएको छ। छिट्टै डुम्रे–बन्दीपुर केवलकार सञ्चालन पनि हुँदैछ। 

सम्भवतः बन्दीपुर मात्रै देशको यस्तो भाग हो, जहाँका बासिन्दा बसाइँ सरेर अन्यत्र गए पनि यो ठाउँको माया मार्न सकेनन्। अवसर खोज्दै बन्दीपुरे नारायणगढ झरे, काठमाडौं गए, विदेश लागे तर, मनमुटु बन्दीपुरमै छाडेर। जहाँ गएपनि कुनै न कुनै रूपमा बन्दीपुरसँग उनीहरू जोडिइरहे। थातथलो बाँकी नै राखेर हिँडेका बन्दीपुरे आफ्नो ठाउँमा पटक–पटक आऊजाऊ गरिरहे। कहिले पर्यटन, कहिले विद्यालय र कहिले विकास लिएर बन्दीपुरसँगको नाता जोडिरहे। आफ्नो ठाउँप्रतिको माया अनि विकासको यो रैथाने ‘बन्दीपुर मोडल’ देशका अन्य भागका लागि शिक्षा हुन सक्छ, जसले आफ्नो ठाउँ आफैं बनाउनुपर्छ भनेर सिकाउँछ। 

बन्दीपुरको त्यो क्रान्ति चेत 
पश्चिम ३ नम्बर (तनहुँ, कास्की र लमजुङ)मा पर्ने बन्दीपुर वरपरका जिल्लाका लागि महत्वपूर्ण सूचना केन्द्र झैं थियो। बन्दीपुरे नेवार व्यापारी मालसामान लिन मधेश हुँदै भारत जान्थे, खासगरी कानपुर, बम्बई र कलकत्तासम्म। फर्कंदा तिनले सामानसँगै भारतीय पुस्तक, अखबार र मधेशका मौखिक खबर पनि लिएर आउँथे। अंग्रेजहरूविरुद्ध भारतमा जोडतोडले आवाज उठिरहेको समय थियो त्यो। भारतको पछिल्लो राजनीतिक चहलपहलबाट बन्दीपुरे अपरिचित र अप्रभावित थिएनन्। अंग्रेजको शासनबारे भारतीयको धारणा देखेका बन्दीपुरेले नेपालको मध्य–पहाडको डाँडामा बसेर पनि राणाशासन फाल्ने परिकल्पना गरेका थिए। 
...
क्रान्तिका लागि सचेतना चाहिन्छ, अनि सचेतनाका लागि शिक्षा जरुरी हुन्छ। यही सोचेर बन्दीपुरमा कविराज रामप्रसाद खनालको अगुवाईमा विक्रम संवत् २००१ मा भानु पुस्तकालय खोलियो। ७६ वर्ष पहिले खुलेको त्यो पुस्तकालयको सम्झना गर्दै बन्दीपुरका मणिकुमार प्रधानले गत चैत २१ गते पंक्तिकारलाई सुनाए, ‘पुस्तकालमा राणाविरोधी गाईंगुईं सुनिन थालेपछि प्रशासनले धरपकड गर्ने नै भयो। रामप्रसादले चलाखी गरेर पुस्तकालको नाम पद्‌मशमशेरको नाउँमा राख्न सुझाए र २००३ सालमा यसले पद्‌म पुस्तकालको नाउँमा स्वीकृति पायो। नाम पद्‌म भए पनि पुस्तकालय राणाविरुद्धको अखडा बन्यो।’ 

‘मातृ शिक्षा’ कृतिका लेखकसमेत रहेका कविराज रामप्रसाद खनाल पश्चिम ३ नम्बरमा चिनिएका बौद्धिक व्यक्तित्व थिए। राणाविरुद्ध सर्वसाधारणलाई गोलबद्ध गराउन उनी सक्रिय रूपमा लागेका थिए। 

‘भारतमा पढेका खनाल व्याकरण, कानुन, आयुर्वेद र अंग्रेजीमा रामो दख्खल राख्थे। भारतबाट ल्याएर पुस्तकालमा राखिएका अंग्रेजी पत्रपत्रिका अनुवाद गरेर सुनाउँथे। भारतमा रहेको अंग्रेज शासन र नेपालको राणाशासनबीच तुलना गर्दै खनालले बन्दीपुर र आसपासमा राणाविरुद्ध चेतना जगाउने काम गरे। त्यतिञ्जेल बन्दीपुर राजनीतिक चेतनाले जुर्मुराइसकेको थियो।’ (रामप्रसाद खनालकी छोरी उमादेवीतर्फका छोरा समीर भट्टराईसँग २०७७ चैत १४ मा गरिएको कुराकानीमा आधारित) 
...
२००७ सालसम्म आइपुग्दा राणाविरुद्धको संघर्ष निकै अघि बढिसकेको थियो। त्यसको अगुवाई गरेको नेपाली कांग्रेसले देशभर यसखाले जनमत तयार पारिसकेको थियो। कांग्रेस सशस्त्र संघर्षमा होमिइसकेको समय थियो त्यो। बन्दीपुर पनि यसबाट बेखबर र अछुतो रहेन। त्यहीबीचमा नेपाली कांग्रेसले तनहुँको सिम्पानी घर भएका श्रीभद्र शर्मालाई पश्चिम ३ नम्बर हेर्ने जिम्मेवारी दियो। 

पश्चिम ३ नम्बरका कांग्रेस कायकर्ताबीच कास्कीको पोखरा कब्जा गर्ने छलफल भयो, किनभने पश्चिम ३ नम्बरका बडाहाकिम पोखरामा बस्थे। पोखरा कब्जा गर्न सक्दा त्यसले कांग्रेस कार्यकर्तामा बेग्लै जोश भर्न सक्थ्यो। अनि, राणाहरूका लागि त्यो जोडदार धक्का हुन सक्थ्यो। 

श्रीभद्र शर्माले आफ्नो पुस्तक सम्झनाका फूलहरूमा लेखेका छन्, ‘पोखरा कब्जा गर्नका लागि साथीहरूसँग सल्लाह गर्न भनेर २००७ पौष २४ गते म साथीहरूसहित तनहुँबाट पोखरातर्फ लागें। बाटोमा मलाई पार्टीको हाइकमाण्डबाट सन्देश प्राप्त भयो। दिल्लीमा राणा–कांग्रेस सम्झौताका लाागि वार्ता चलिरहेकोले सो वार्ता टुंगो नलाग्दासम्म कांग्रेसले देशका विभिन्न भागमा कब्जा गरेको ठाउँ नछोड्ने र नयाँ आक्रमण गर्नपट्टि पनि नलाग्ने हाइकमाण्डको आदेश थियो। यस्तो सन्देश पाइसकेपछि पोखरा कब्जा गर्ने कुरा हरायो। हामी फक्र्यौ। सबैको सल्लाहले नयाँ कार्यक्रम बन्यो। खुला रूपमा राणाविरुद्ध प्रचार–प्रसार र आमसभाहरू गरेर जनतामा चेतना/जागृति ल्याउनेतर्फ लाग्ने निधो भो। त्यसैअनुरुप २००७ पौष २५ मा तनहुँको तनहुँसुरमा खुला आमसभा भयो।’ 

Ncell 2
Ncell 2
श्रीभद्र शर्मा

आमसभाको खबर सदरमुकाम बन्दीपुर पुगेछ। बन्दीपुर ब्यारेकबाट जमदारको नेतृत्वमा आएका १४ जना सिपाहीले श्रीभद्र शर्माको घर घेरे। श्रीभद्रसँग अरु कार्यकर्ता पनि थिए। पुस्तकमा श्रीभद्रले लेखेका छन्, ‘सेनाले घर घेरेको थाहा पाएपछि हाम्रा साथीहरू उत्तेजित भए। कुनै अप्रिय घटना नहोस् भनेर मैले साथीहरूलाई भनें कि मलाई बन्दीपुर वा पोखरा लगेपछि छाडिदिनेछन्, त्यसैले संयमित होऔं। कुनै प्रतिरोध नगरी म सिपाहीका साथ बन्दीपुर लागें। मलाई त्यस दिन बन्दीपुर ब्यारेकमै सम्मानपूर्वक राखियो। भोलिपल्ट (२००७ षौष २७) सबेरै मलाई पोखरा चलान गरियो।’ 

श्रीभद्रको गिरफ्तारीपछि कोही उनलाई खोसेर ल्याउनुपर्छ भन्नेमा थिए, कोही भने बन्दीपुर नै गएर सरकारी अड्डा क्याप्चर गरौं भन्दैथिए। श्रीभद्रको घरमा उपस्थित भएका कार्यकर्ताहरूबीच अन्ततः सहमति बन्यो–बन्दीपुर नै कब्जा गर्ने। 

श्रीभद्र शर्माका भाई कृष्ण भद्र खनालसँग पंक्तिकारले २०६१ सालमा गरेको कुराकानीअनुसार २००७ पुस २६ गते बिहान श्रीभद्रको गाउँबाट जुलुस निस्कियो। बन्दीपुरको अड्डा कब्जा गर्न जाने भनेपछि सबैले दाल–चामल साथमा ल्याएका थिए। महिला जुलुसको नेतृत्व श्रीभद्रकी आमा तारादेवीले गरेकी थिइन। भुतपूर्व सैनिकहरूको नेतृत्व दलसुर रानाले गरे भने बाँकीको रामप्रसाद खनालले। श्रीभद्र पक्राउ परेको खबर जिल्लाभर फिजाउँन उनका भाइहरू मणिभद्र खनाल र उमाभद्र खनाल तथा काका वीरशाली तनहुँका विभिन्न स्थानतिर लागे। 

तनहुँका विभिन्न ठाउँमा बन्दीपुर कब्जा गर्न जाने खबर पुर्‍याइयो। सोहीअनुसार बन्दीपुर जाने संख्या बढ्यो। २०६१ माघमा पंक्तिकारसितको कुराकानीमा मोतिकुमार श्रेष्ठले सुनाएका थिए, ‘बन्दीपुरमा कति दिन बस्नुपर्ने हो, टुङ्गो थिएन। त्यसैले घरबाट दाल, चामल र चिउरा बोकेका थियौं। मसँग इन्द्रमान श्रेष्ठ पनि थिए। बन्दीपुर पुग्दा मेरो समूहमा ४ सय जना जति थिए। बन्दीपुरमा लोकनारायण मूल र बुद्धिकुमार बताससँग भेट भयो। चिनेका महिला पनि भेटिए। जुलुसमा दलसुर रानाकी दिदी करुमाया र दलसुरकै श्रीमती पनि थिए। बन्दीपुरमा बटुकलाल पियाको घरमा बसियो। स्थानीय हिरालाल श्रेष्ठ, श्यामकृष्ण प्रधान, हरिकुमार पिया, चिजकुमार श्रेष्ठ, लालप्रसाद प्रधान, कमलनारायण पिया आदिले खानपानका लागि सहयोग गरे। यसबाहेक रामकुमार ‘जीवनमित्र’, विष्णुप्रसाद प्रधान, शम्भुलाल प्रधान, हरिकुमार श्रेष्ठ, कदमकुमार श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, मित्रलाल प्रधान, प्रेमकुमार पिया आदिले पनि उत्तिकै सहयोग गरे। बन्दीपुरका यी व्यक्तिहरूको सहयोग हुँदैनथ्यो भने बन्दीपुरले क्रान्तिको मुख देख्दैनथ्यो भन्ने लाग्छ मलाई त।’ 

२००७ माघ १ गतेको दिन। मध्यान्हमा तनहुँको कुन्छाबाट गोवद्र्धन शर्मा, कृष्णदत्त वाग्ले, लालबहादुर गुरुङ, धर्मध्वज गुरुङ समेतका १०/१५ जना युवाहरूको समूह जुलुसमा सामेल हुन आइपुग्यो। उनीहरू तनहुँको कुन्छामा रहेको सरकारको अड्डा कब्जा गरी बन्दीपुर आएका थिए। बन्दीपुर आइपुगेपछि उनीहरूले थाहा पाए, सेनाले कांग्रेसका नेताहरूलाई ‘केही दिन पर्खिदिनुस्, त्यसपछि अन्योलको स्थिति हट्न सक्छ’ भनेको रहेछ। बन्दीपुरमा रहेका सेनाका क्याप्टेनले रामप्रसाद खनाललगायतका नेता र कार्यकर्तासँग सूचना समन्वय गरिराखेका थिए। तर, कुन्छाबाट आएको यो समूह तत्काल बन्दीपुर कब्जा गर्न चाहन्थ्यो। 

रामप्रसाद खनाल

बन्दीपुरमा जिल्लाका प्रमुख स्थानबाट मानिस उर्लिए। नारा जुलुस शुरु भयो। २०६१ फागुनमा कुरा हुँदा नवलसिंह अधिकारीले सुनाए, ‘मोहने का.. (प्रधानमन्त्री मोहन शम्शेर) मुर्दावाद, इन्क्लाब जिन्दावाद, जसको जोत उसको पोत, जग्गा कस्को जनताको...जस्ता हाम्रा नारा थिए। बन्दीपुरमा मान्छे ओइरिन थाले। मिलिटरीको कप्तानले रामप्रसाद खनालसँग ‘हामीले माथि सम्पर्क गरेका छौं, आत्मसर्मपण गर भनेछन् भने खबर आएपछि छाडिदिन्छौं’ भनेकोले हामी नारा लगाउँदै बस्यौं।’ 
....
सेनाले केही दिन पर्खन गरेको अनुरोधलाई बन्दीपुर बजारका व्यापारी तथा सक्रिय कांग्रेस कार्यकर्ताले पनि स्वीकार गरे। सेनाले रामप्रसाद खनाल लगायतको नेतृत्वलाई अनुरोध गर्ने र उनीहरूले तल्लो तहका कांग्रेस कार्यकर्तालाई सन्देश पठाउने क्रम चलिरह्यो। श्रीभद्र शर्माले सम्झनाका फूलहरू पुस्तकमा लेखेका छन्, ‘लालप्रसाद प्रधान, कोमलनारायण पिया, हरिकुमार श्रेष्ठ, शम्भुलाल प्रधानसमेत बन्दीपुरका प्रतिष्ठित साहु महाजनहरू सबैले रामप्रसादजीलाई भने– ‘एक/दुई दिन हामीले खामोश खानैपर्छ, जुलुसमा आएका मान्छेलाई खाने बस्ने र कसैले पनि भोको बस्न नपर्ने व्यवस्था मिलाउने जिम्मा बन्दीपुरेको भो।’

सेनासँग कुरा भइरहे पनि गोबर्धन शर्मा, धर्मध्वज गुरुङ लगायतका युवा भने अहिल्यै बन्दीपुर कब्जा गर्नुपर्छ भन्नेमा थिए। श्यामकृष्ण प्रधान बन्दीपुरमा गठित जनसरकारका सदस्य पनि भए। उनै प्रधानसँग २०६१ माघमा पंक्तिकारले कुराकानी गर्दा सुनाए, ‘गोबर्धनजीले सबैमा जोश भर्दै भन्दिनुभो– हामीले आर्मीलाई किन पर्खने? बेलुकाको पहेंलो घाम हुँदा जुलुुस लाल गोविन्द पियाको घरबाट अघि बढ्यो। खड्गदेवीको मन्दिरनजिक सेना थिए। कप्तान ढुंगामाथि बसेका थिए। जुलुसको पहिलो पंक्तिमा हातमा लौरो लिएका महिला थिए, जसमा तारादेवी खनाल, शिलकुमारी श्रेष्ठ, शारदा श्रेष्ठ, मधु पिया, मैयाँदेवी श्रेष्ठ, कृष्णकुमारी श्रेष्ठ आदि थिए। दोस्रो पंक्तिमा भूपू सैनिक, तेस्रोमा विद्यार्थी र चौथोमा सर्वसाधारण थिए। सेनाका क्याप्टेनले कोमल नारायण पिया र मसँग आज एक दिन रोक्नु पर्‍यो, समाधानको बाटो निकालौं, खुनखराबी नगरौं भनेका थिए।’ 

प्रधानका अनुसार बन्दीपुर कब्जा गर्न करिब २० हजार मानिस उपस्थित थिए। त्यतिका मान्छे सम्भवतः बन्दीपुरमा त्यसअघि र पछि कहिल्यै जुटेनन्। जुलुसका लागि भातभान्छाको मेसो मिलाउनसमेत आपत् परेको थियो। 

‘खाना पाकिरहेको थियो। खाना खाएर अड्डा घेर्न अघि बढ्ने भन्ने सुरमा थियो जुलुस। धर्मध्वज गुरुङजीले आज माघे संक्रान्तिको दिन हो, यो विशेष चाडको अवसरमा पहिले चारतारे झण्डा गाड्ने अनि खान खाम्ला है साथी हो भन्नु भो। त्यसमा गोबर्धन शर्माको समर्थन रह्यो। (गोबर्धन शर्माका जेठा छोरा तथा संविधान सभा सदस्य रामचन्द्र पोखरेलसँग सुदर्शन गोदारले बन्दीपुरको क्रान्तिबारे गरेको भिडियो कुराकानीबाट उतार) 

बन्दीपुरमा खुट्टा टेक्ने ठाउँ भएन। जुलुुस नारा लगाउँदै अघि बढिरहेको थियो। 

‘जुलुसको तेस्रोमा लहरमा म थिएँ। मेरो दायाँ इन्द्रमान श्रेष्ठ र बायाँ उत्तरकुमार श्रेष्ठ हुनुहुन्थ्यो। सन्तबहादुर राना मगर सुरक्षाकर्मीको राइफल खोस्न जानु भयो। सेनाले पेस्तोल प्रहार गरेपछि उहाँको खप्परमा लाग्यो। भुक्लुकै ढल्नु भयो। दलसुर राना फेरि अर्को सिपाहीको बन्दुक खोस्न जानु भो। उहाँको पनि टाउकोमा गोली प्रहार गरियो। गोलीले दलसुरको कञ्चटको एक कुरेत (एक बित्ता) छाला लगेपनि उहाँलाई केही भएन। उत्तरकुमार श्रेष्ठलाई पनि गोली लाग्यो। जुलुसमा सहभागी ६ जनाको हत्या भयो। मारिनेहरू सबै तनहुँ जिल्लाकै थिए। उनीहरू धर्मध्वज गुरुङ (पुलिमर्‍याङ), उत्तरकुमार श्रेष्ठ (तनहुँसुर), चन्द्रबहादुर सार्की (सिम्पानी), खड्गबहादुर गोदार (बसन्तपुर), सन्तबहादुर राना मगर (तनहुँसुर) र धर्मराज बतास (तनहुँसुर) थिए। (२०६१ फागुनमा बुद्धिकुमार बताससँग गरेको कुराकानीमा आधारित।)

यसरी भयो क्रान्ति, रातारात भागे सैनिक
बन्दीपुरमा आक्रमण हुन सक्ने खतरा देखेर सरकारले त्यहाँको सुरक्षा मजुबत बनाउँदै लगेको थियो। कांग्रेसले तराईका विभिन्न जिल्लामा सशस्त्र संघर्ष शुरु गरिसकेको र कांग्रेसका ‘क्रान्तिकारी’हरू पहाडतर्फ पनि केन्द्रित हुनसक्ने भएकाले सरकार सजग बनेको थियो। 

‘संघर्ष हुनुभन्दा दुई महिनाअघि नै बन्दीपुरमा थप सेना गएका थिए। पहिले त्यहाँ लप्टनमात्र थिए, पछि कप्तान थपिए। सरकारी कर्मचारी भएकाले सबैले मलाई चिन्थे। बन्दीपुर कब्जा गर्न आएका मान्छे देखेपछि मैले कप्तानलाई भेटेर भनें– धेरै क्रान्तिकारी आएका छन्, के गर्नु हुन्छ? उनले भने –‘बडा समस्या छ गुरु, नुनको सोझो नगरौं सन्तानले खान पाउँदैनन्, गरौं अप्ठोरोमा छौं। राणाशासन टिक्छ भन्नेमा हामीलाई पनि शंका छ। तर, हामी साना तहका मान्छेले आफैं निर्णय गर्न सक्दैनौं।’ 

त्यसपछि मलाई केही हुन्छ जस्तो लाग्यो। मान्छे उम्डेर (थामिनसक्नु) आएका छन्। कप्तानलाई फेरि गएर भनें– मान्छे थामिनसक्नु छ है क्याप्टेन सा’ब। उनले भने– ‘म मान्छे मार्ने पक्षमा छैन, तर आफूलाई बचाउन सक्ने स्थिति पनि देखेको छैन। क्षमा गर्नुस् गुरु, मैले सकुँला जस्तो लागेको छैन।’ मैले गएर रामप्रसाद खनाललाई भनें –आर्मी आत्तिएका छन्। आफ्नो ज्यान जोगाउन उनीहरूले गोली चलाउन सक्ने देखियो, शान्त भएर जाऔं। रामप्रसादसँग बोल्दाबोल्दै डरले मेरो मुख सुक्यो। प्याक प्याक भएर पानी खान डेरामा आएँ। त्यही बेला भुटुुटु गोली चल्यो।’ (२०६१ फागुनमा कृष्णकान्त अधिकारीसँग गरेको कुराकानीको अंश। अधिकारी बन्दीपुरमा गठित जनसरकारमा स्वास्थ्यमन्त्री समेत थिए।)
...
जुलुसमा सहभागीमध्ये गोली लागेर पनि बाँच्ने भाग्यमानी थिए, श्रीभद्र शर्माका सहोदर भाइ कृष्णभद्र खनाल। कृष्णभद्रले २०६१ माघको एक दिन पंक्तिकारलाई त्यसबेलाको दृष्य यसरी सुनाए, ‘जुलुस अघि बढ्दै गर्दा अचानक मेरो पेटमा झननन्न गरे जस्तो भयो। रन्थनिएर एकछिन हिँडे तर, सक्दै सकिनँ। पर्खाल, बारीको कान्लो समाउँदै म बजार झरें। एउटा घरको अडेस लागेर बसेको बेला आमा र मैयाँदेवी श्रेष्ठ (पूर्वसांसद) मलाई खोज्दै आउनु भयो। उहाँहरूले लौन बाबा के भएको रहेछ भन्नुभो। यसो हेर्छु, सुरुवालभरि रगत लागेको रहेछ। सबैको घरमा दैलो ढप्काएका छन्। चिनेको एक दुई ठाउँमा कुरा भयो, कसैले बास दिन दिएनन्। शम्भुलाल श्रेष्ठको घरमा बल्लबल्ल बास पाइयो। दुखाई झन् बढ्दै गयो। मलाई  गोली लागेको रहेछ। जाँघबाट छेडेर गोली पिठ्युँबाट निस्किएको बताइयो। कविराज कृष्णकान्त अधिकारीले उपचार गर्नुभयो। शम्भुलाल श्रेष्ठको घरबाट मलाई श्यामकृष्ण प्रधानको घरमा सारियो। त्यहाँ सात दिन बसेपछि, हिँड्न नसकेकोले डोलामा बोकाएर सिम्पानी लगियो। मैले गोली खाएकोले दाई श्रीभद्रले सान्त्वना पाउनु भयो। बन्दीपुर घटनाको केही दिनपछि दाइ पोखराबाट छुट्नु भो।’ गोली चलेपछि जुलुस तितरबितर भयो। त्यसै रात बन्दीपुरमा कर्फ्यू लगाइयो। 

कृष्णकान्त अधिकारी

‘मिलिटरीले राति सबै लास जम्मा पारेर ब्यारेकबाट उत्तरतर्फ जंगलको छेउबाट हुत्याए। उनीहरूलाई लास जंगलबाट फाल्यौं भन्ने भान पर्‍यो, संयोगले तलपट्टि समथर ठाउँ रहेछ। लास त्यहीँ थुप्रिए। गोली चलेको राति नै मिलिटरीहरू सराङ्गघाटको बाटो हुँदै चितवन गए। उनीहरूले पुनः जुलुस आएर आफूहरूलाई मार्छ भन्ठाने।’ (२०६१ फागुनमा पशुपति आचार्यसँग गरिएको कुराकानीको अंश)

क्रान्तिपछि बन्यो ‘जनसरकार’
बन्दीपुरमा भएको यो क्रान्तिपछि जनसरकार स्थापना गर्ने कुरा उठ्यो। सेना र राज्यका संयन्त्र हिँडिसकेकाले स्थानीयलाई शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्ने भयो। श्रीभद्र शर्माले सम्झनाका फूलहरूमा लेखेका छन्, ‘बन्दीपुरमा जनसरकार स्थापना गर्ने र मुक्तिसेना अविलम्ब गठन गर्ने प्रस्ताव बन्दीपुरबाट आयो। जनसरकारको घोषणा गर्न र मुक्तिसेना गठन गर्न गाह्रो थिएन। तर, प्रश्न थियो– मुक्ति सेनालाई पाल्ने कसरी? किनभने त्यसबखत बन्दीपुर माल (मालपोत)मा जम्मा सात सय रूपैयाँ मात्र थियो।

आर्थिक प्रश्न जनसरकार खडा गर्ने कुरामा वाधक देखिन थाल्यो। यसको समाधान पनि बन्दीपुरले तुरुन्त निकाल्यो। लालप्रसाद प्रधान अगाडि सरेर भन्नुभयो– लौ, डेढ सयसम्म मुक्ति सेना भर्ना गर्नोस्, उनीहरूलाई तलब के दिने भन्ने चिन्ता गर्नुपर्दैन। उनीहरूका लागि तीन महिनाको सारा खर्च हामी बन्दीपुरेले व्यहोर्नेछौं। लालप्रसादको मुखबाट यो प्रस्ताव निस्कन नभ्याउँदै कोमनारायण पिया उठेर यसको समर्थन गर्नुभयो। सर्वसम्मतिबाट मेरो नाम प्रस्तावित भएकाले मैले नै गभर्नरको हैसियतमा झण्डोत्तोलनका साथ जनसरकार स्थापनाको घोषण गरें। यो २००७ साल माघ महिनाको अन्तिम हप्ताको कुरा हो।’ 

श्रीभद्र शर्माको नेतृत्वमा बनेको जनसरकारमा उनीसहित नौ जना थिए। तीमध्ये केही बन्दीपुरकै स्थानीय थिए भने केही चाहिँ बन्दीपुर बाहिरका। सरकारको स्वरुप यस्तो थियो-
श्रीभद्र शर्मा : गर्भनर तथा प्रधानमन्त्री 
बखानसिंह गुरुङ : रक्षामन्त्री
रामचन्द्र उपाध्याय वाग्ले : अर्थमन्त्री
रामप्रसाद खनाल : न्यायमन्त्री
ज्ञानहरी पण्डितः शिक्षामन्त्री 
कृष्णलाल प्रधान : उद्योग वाणिज्यमन्त्री
श्यामकृष्ण प्रधान : गृहमन्त्री
कृष्णकान्त अधिकारी : स्वास्थ्यमन्त्री 
विदुररत्न जोशी : कृषिमन्त्री

जनसरकार गठन गर्ने बेला रक्षामन्त्री कसलाई बनाउने र हतियार कहाँबाट जोहो गर्ने भन्ने कुरा उठ्यो। पार्टीमा अत्यन्तै खटेका र छोरा पनि शहीद भएकोले रक्षामन्त्री बखानसिंहलाई बनाउने कुरा भयो।  

‘जनसरकार बनाउने बेला बखानसिंह गोर्खाको मकैसिंह भन्ने ठाउँमा हुनुहुन्थ्यो। उहाँलाई बन्दीपुरबाट पत्र लेखेर मकैसिंहमा भात खाएर बन्दीपुरमा चुठ्न आउनु अर्थात् शिघ्रातिशिघ्र आइपुग्नु भनियो।’ (२०६१ माघमा श्यामकृष्ण प्रधानसँग पंक्तिकारले गरेको कुराकानीमा आधारित। जनसरकारमा प्रधान गृहमन्त्री थिए।) 

रक्षामन्त्रीको टुङ्गो लागेपछि हतियारका बारेमा छलफल भए। श्रीभद्र शर्माले पुस्तकमा लेखेका छन्, ‘बन्दीपुरको जंगी परेड अड्डामा भएका पुराना मार्टिन हेनरी राइफलहरू सबै जनसरकारको हातमा आएका थिए। गोर्खाबाट आउँदा बखानसिंह गुरुङले पनि २५/३० थान मार्टिन हेनरी साथै लिएर आउनुभएको थियो। त्यसबाहेक थ्री नट थ्री राइफल पनि केही थान हाम्रो हातमा परेका थिए। फौज रातारात भागेर जाँदा राइफलका बोल्ट लगेपनि राइफल फालिदिएका थिए। यस्ता राइफलका सरसामान जोरजाम पार्दा करिब १५ वटा थ्रीनटथ्री राइफल चल्ने अवस्थामा आइपुगे। जिल्लाको सुरक्षाको लागि यति हतियार पर्याप्त थियो।’

र, बन्दीपुरको त्यो सम्झना
प्रजातन्त्र आइसकेपछि श्रीभद्र शर्मा, धनेश्वर शर्मालाई कार्यकारी दिएर काठमाडौं लागे। त्यसपछि उनी बन्दीपुर फर्केनन्। पंक्तिकारले २०६१ माघमा शर्मासँग कुरा गर्दा उनले सुनाएका थिए, ‘गर्भनर हुँदै गर्दा वीपीको चिठी गयो। त्यसमा तिमी तुरुन्त काठमाडौं आऊ, आउनु भन्दाअघि बडाहाकिम पूर्णसिंह खवासलाई जनसरकारको जिम्मा लगाउनू भनिएको थियो। काठमाडौं पुगेपछि वीपीले ‘नेपाल पुकार’को सम्पादक भएर काम गर भन्नु भयो। त्यसपछि जिल्ला जानै पाइनँ।’ 

बन्दीपुरमा गोली चलेको घटना कवि माधव घिमिरेले हप्ता दिनपछि पाएछन्। उनलाई लमजुङका श्रीकान्त अधिकारी (२०१५ सालका कांग्रेस सांसद) ले धर्मध्वज गुरुङ मारिएको बताएका रहेछन्। २०६१ फागुनमा पंक्तिकारसँगको कुराकानीमा घिमिरेले भनेका थिए, ‘बखानसिंह गुरुङलाई चिनेको थिएँ। उहाँको ठाउँमा आफूलाई राखें। बडो पीडा भयो, अनि धर्मध्वजको बारेमा ‘कुर्बानी भयो कलिलो जवानी’ कविता लेखें। त्यो बेलासम्म मैले बन्दीपुर देखेकै थिइनँ।’ 

माधव घिमिरे

घिमिरेको ‘किन्नर किन्नरी’ पुस्तकमा ‘कुर्बानी भयो कलिलो जवानी’ शीर्षकमा धर्मध्वजका बारेमा छापिएको कविता यस्तो छ–
सुन हे साथी, अमर धर्मध्वजको कहानी 
देशको निम्ति कुर्बानी भयो कलिलो जवानी
जुँगाको रेखी बसेको ठिटो बिर्सिन्न मनमा–
आमालाई मेरो सम्चार लगी सञ्चै छ भन्दिनू
कहिले आउँछ भनेछन्, भोलि आउँछ भन्दिनू
बालाई भन्नू– हजुरको छोरो हुँदैन कायर
हाँसी र हाँसी छातीमा थाप्यो बन्दुक फायर
देशका दाजु भाइलाई मेरो आखिरी खबर
म मरे, मेरो नेपाली जाति रहिरहोस् अमर
लाखको निम्ति म मर्न पाउँ, यै मलाई सुख छ
नेपाल अझै बनेको छैन यै मलाई दुःख छ

बोल्दामा बोल्दै परेला ढले कोपिला निदायो 
साँझमा यौटा हँसिलो तारा स्वर्गमा उदायो
-२९ माघ, २००७

(रामप्रसाद खनालको तस्वीर सौजन्य : समीर भट्टराई। बाँकी सबै तस्वीर : श्रीभक्त खनाल)

प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  ०७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
श्रीभक्त खनाल
लेखकबाट थप
महारानी भिक्टोरियाको डायरीमा जंगबहादुरको बेलायत यात्रा 
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
प्रभावकारी बन्दै काठमाडौँ महानगरको  ‘एक वडा, एक नमूना’ कार्यक्रम शनिबार, जेठ ३१, २०८२
बागलुङ जिप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या चार पुग्यो शनिबार, जेठ ३१, २०८२
प्रचण्डले भने, ‘भिजिट भिसा प्रकरण र अग्नि सापकोटाबीच कुनै साइनो छैन’ शनिबार, जेठ ३१, २०८२
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम शनिबार, जेठ ३१, २०८२
रुसले फिर्ता गर्यो १२ सय १२ युक्रेनी सैनिकको शव शनिबार, जेठ ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
इजरायल इरानबीच युद्दको संकेत, बदला लिने तेहरानको वाचा शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्को विवाद, गणेश पराजुलीले अरुलाई निरीह भनेपछि टेबुल ठोकाठोक शुक्रबार, जेठ ३०, २०८२
एयर इन्डियाको जहाजमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्