• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २७, २०८३ Sat, Jul 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

महारानी भिक्टोरियाको डायरीमा जंगबहादुरको बेलायत यात्रा 

64x64
श्रीभक्त खनाल मंगलबार, वैशाख १४, २०७८  ०७:०४
1140x725

भाइ बमबहादुरलाई अख्तियारी दिएर जंगबहादुर राणा बेलायत जाने भए। उनीसहित ४१ जनाको टोलीले १५ जनवरी १८५० मा काठमाडौं छाड्यो। बेलायत जानका लागि भारत पुगेको भ्रमण दल ‘हेडिङटन’ नामको पानीजहाज चढेर कलकत्ताबाट ७ अप्रिल १८५० का दिन बेलायत रवाना भएको थियो। 

हेडिङटन सन् १८४८ मा करिब ६२ हजार पाउण्ड खर्च गरेर यात्रु र सामान बोक्नका लागि बेलायती कम्पनी ‘भर्नन थोमस एण्ड सन्स’ले बनाएको पानीजहाज थियो। ‘दि पेनेन्सुलार एण्ड ओरियण्टल स्टीम नेभिगेसन कम्पनी’को स्वामित्वमा रहेको यो पानीजहाजले भारतबाट चिठीपत्र र सामान ओसार्थ्यो। poheritage.comमा राखिएको हेडिङटनको ‘फ्याक्ट सिट’ अनुसार यो प्रतिघण्टा १९.४४ किलोमिटरका दरले चल्थ्यो ।

कलकत्ताबाट इजिप्टसम्म पुग्न यो भ्रमण दलले त्यसबेला ५ हजार पाउण्ड भाडा तिरेको थियो। पानीजहाजमा जंगबहादुरको टोलीका अलावा अन्य यात्रु, सरसामान र जनावर पनि थिए। मानिसको संख्या करिब १२ सय थियो। 

श्रीभक्त खनाल

‘कोही बन्दुकको तारा हांछन्, कोही किताप पढछन्, कोही कौसिमा बसि हावा षांछन्, कोही देसदेसका कुरा कथा, शास्त्रका कुरा कीताब हेर्छन्। बाह्र सये मानिस तेस जाहाज्मा रह्याका छन्, आफ्ना काम गर्छन् ।’ (जंगबहादुरको बेलाइत यात्रा, प्रकाशक– मदन पुरस्कार पुस्तकालय, प्रकाशन मिति– वि.सं. २०१४, सम्पादक कमल दीक्षित, पृष्ठ ६) 

जंगबहादुरले भन्सारमा तरबार झिकेपछि...
कलकत्ताबाट हिँडेको टोली मद्रासको चिनापट्टनम् हुँदै सातौं दिनमा लंका (श्रीलंका) पुग्यो। लंकाबाट हिँडेको आठौं दिनमा उनीहरू एडन (Aden)  पुगे। यो ठाउँलाई हाल यमन भनिन्छ। एडनबाट हिँडेको आठौं दिनमा उनीहरू सोएज बादशाहको मुलुक (suez emperor) पुगे। यो अहिलेको इजिप्टलाई भनिएको हो। सोएजमा एक दिन आराम गरेपछि टोली फरोजा (faroja) नामको स्टिमर चढेर इजिप्टकै अर्को शहर आलेकजण्ड्रिया पुग्यो। आलेकजण्ड्रियाबाट ‘रिपोन’ पानीजहाज समातेर उनीहरु अघि बढे। आलेकजण्ड्रिबाट हिँडेको सात दिनमा जंगबहादुरको टोली माल्टा पुग्यो। माल्टाबाट हिँडेको ६ दिनपछि टोलीले जिब्राल्टर टेक्यो। जिब्राल्टरबाट हिँडेको ४ दिनमा नेपाली प्रतिनिधिमण्डल बेलायतको साउथह्याम्पटन बन्दरगाह पुग्यो। त्यो दिन थियो, २५ मे १८५०। 

रिपोनको क्याप्टेन रोबर्ट मोरेस्बी थिए जो इष्ट इण्डिया कम्पनीको ‘इण्डियन नेभी’मा आवद्ध सैनिक थिए। जंगबहादुर राणाको टोलीको आगमनलाई लिएर २७ मे १८५० मा बेलायती अखबार ‘मर्निङ पोष्ट’मा यस्तो समाचार छापिएको थियोः 

‘भारतबाट धेरै चिठीपत्र बोकेर आइतबार बिहान सात बजे रिपोन आइपुग्यो। जहाजका १६६ यात्रीमध्ये १०१ फर्स्ट क्लास डेकमा थिए जसमा नेपालका महामहिम जंगबहादुर राणाजी पनि थिए। उनी नेपाल अधिराज्यका प्रधानमन्त्री तथा कमाण्डर इन चिफ पनि हुन्। नेपाल तिब्बतको बोर्डरमा पर्छ।’ 

साउथह्याम्पटन भन्सारमा जंगको टोली र भन्सार अधिकृतहरुबीच केहीबेर गलफत्ती भयो। कारण थियो- नेपालबाट ल्याइएका सामानको भन्सार शुल्क तिर्नुपर्ने कुरा र जाँच प्रक्रिया। भन्सार अधिकृतले रानी भिक्टोरियालाई ल्याइएको सामान जाँच नगर्ने तर,  नेपाली दलले ल्याएको सामान आंशिक जाँच गर्ने निर्देशन पाएका थिए। बेलायत भ्रमणमा आउने पहिलेका अन्य कूटनीतिज्ञहरुलाई उनीहरुले यसो गर्दै आएका रहेछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

‘भन्सार अधिकृतहरुले पहिले मालसामान नखोल्ने आदेश पाएका थिए। तर, पछि जंगले ल्याएको सामान पनि खोल्नू भन्ने आदेश पाएपछि उनीहरुले भन्सार शुल्क लगाउने हेतुले टोलीलाई सामान खोल्न भने। भन्सारको व्यवहारमा टोली सहमत भएन। जंगले ६ जना नेपाली सुरक्षाकर्मीलाई सामान हेर्ने आदेश थिए। म्यानबाट तरबार झिके र घोषणा गरे कि यदि कसैले यी सामान छुन्छ भने उनी अर्को स्टीमर लिएर फ्रान्स जानेछन्। भन्सार अधिकृतले माथिका अधिकारीलाई समस्या उत्पन्न भएको बताएपछि केही टेलिग्राम आदानप्रदान भए, समानहरु नखोली छाडिए।’ (Life of Jung Bahadur, Pudma Jung Bhaddoor Rana, Page 125, Pioneer Press, Allahabad, 1909)।

पानीजहाजमै दाउरा बालेर भान्सा
रिपोनले इजिप्टबाट साउथह्याम्टन आउँदा एउटा हिप्पोपोटामस पनि लिएर आएका थिए। बेलायतलाई इजिप्टका शासक अब्बास पासाले सो जीव उपहार दिएका थिए। ‘जहाजको अघिल्लो भागमा नेपाली दल काठबाट बनेको चुलोमा खाना बनाइरहेको थियो जुन जहाजको लागि खतरा हुन सक्थ्यो। उनीहरू केही हाउभाउकासाथ यात्रा गरिरहेका थिए जसको खर्च २० हजार पाउण्ड थियो। उनीहरु आफ्नो धर्म (हिन्दू) मान्ने बाहेक अरुले छोएको खाँदैनथे। अरुसँग छोइछिटो होला भनेर तिनीहरुले जहाजको अघिल्लो भाग बुक गरेका थिए जहाँ भान्सा थियो। माटो र बालुवाले भरिएको चारपाटे चौका बनाएका थिए। उनीहरुको इन्धन कोइला थियो। 

पानीजहाजको एक कुनामा सिंह, चितुवा, दुई जंगली सुँगुर, दुई पेलिकन हाँस, दुई गजेला (कृष्णसार), तिन चिल, दुई लाइनक्स (हेर्दा बिरालो जस्तो देखिने), दुई मस्क क्याट (एक प्रकारको जंगली बिरालो), दुई इबिक्स प्राणी, प्रशस्त बाख्रा, कंगारु र्‍याटस् नामको प्राणी, जंगली बिरालो र थुप्रै सर्प अनि छेपारा थिए। विभिन्न प्रजातिका अरेबियन घोडा, इजिप्सियन प्रजातिका बिराला र दुई सपेरा पनि जहाजमा थिए जसले हिप्पोपोटामससँगै यात्रा गरे।’

(अब्बासः अ हिप्पोपोटामस इन भिक्टोरियन लण्डन, सिमोन्स जोन, पृष्ठ ५०–५१, एनिमल पब्लिक्स, २०१९।)

बेलायतका दैनिक र साप्ताहिक अखबारहरुले हिप्पोपोटामस र जंगबहादुर दुवैको चर्चा गरेका छन्। ‘इलस्ट्रेड लण्डन न्यूज’ लगायतका पत्रिकाहरुले यसरी समाचार दिएका थिए-
‘डेढ वर्ष उमेरको हिप्पोपोटामस, जुन नाइल नदीमा समातिएको थियो, त्यो जनावर र जंगको टोली साउथह्यामटनमा ट्रेन पर्खेर बसेको छ। विशेष ट्रेनमार्फत् हिप्पोपोटामस लण्डनको रिजेण्टस् पार्कस्थित जुलोजिकल गार्डेन लगिँदैछ भने जंग सेण्ट्रल लण्डनको ‘वाटर लु’ स्टेशन जाँदैछन्। वाटर लुबाट उनीहरुलाई बेलायत सरकारले बस्न ब्यवस्था गरेको घर ‘रिचमण्ड टेरेस’ जान पैदल करिब १५ मिनेट जानुपर्छ।’रिचमण्ड टेरेस हाल अस्तित्वमा छैन। थेम्स नदीकिनारमा रहेको यो ठाउँमा हाल बेलायतको रक्षा मन्त्रालय रहेको छ। (हे. रिचमण्ड टेरेसको तस्वीर) 

भिक्टोरियाको डायरीमा जंगबहादुर
१८ वर्षको उमेरमा रानी बनेकी बेलायती महारानी भिक्टोरिया जीवनका महत्वपूर्ण घटना आफैंले डायरीमा टिप्थिन्। उनी फ्रेञ्च भाषामा पोख्त थिइन्। जंगबहादुर बेलायत पुग्दा भिक्टोरियाको शासन १३औं वर्षमा चलिरहेको थियो। महारानीले लेखेका ४५ वटा डायरी उनको निधनपछि कान्छी छोरी बियात्रिसले सारिन्। जंगबहादुर बेलायत पुग्दा भिक्टोरया ‘विण्डसोर क्यासल’ मा रहिछन्। यो दरबार लण्डनबाट करिब ३८ किलोमिटर टाढा पर्छ। हिप्पोपोटामस र जंगबारे रानीले १० जुन १८५० मा गरेको टिपोटको भावानुवाद यस्तो छ-

‘अलेक्जान्ड्रियाबाट एम.मुर्रे बेलायत फर्केका छन्। उनी त्यहाँ कन्सुल जनरल थिए। उनले भर्खरको हिप्पोपोटामस पनि साथै लिएर आएका छन्। भनिए अनुसार यो हिप्पोपोटामस रोमनको समयपछि पहिलोपटक बेलायत ल्याइन लागिएको हो। अहिले यसलाई जुलोजिकल गार्डेनमा राखिएको छ। नेपालका राजदूत र उनका सहयोगीहरु पनि सोही जहाजमा बेलायत आएका हुन्।’ (क्वीनभिक्टोरियाजर्नलस् डट ओआरजी।) 

८ जुन १८५० मा दि इलस्ट्रेटेड लण्डन न्यूज’ को प्रथम पृष्ठमा छापिएको जंगबहादुरको पोट्रेट। पोट्रेट बेलायती कलाकारले बनाएक हुन्। स्रोतः ब्रिटिश लाइब्रेरी आर्काइभ 
 

साउथह्याम्टन पुगेको टोली त्यो दिन त्यहीँ बस्यो। भोलिपल्ट टोलीले राजधानी लण्डनमा बस्ने व्यवस्था बुझ्नका लागि लेफ्टिनण्ट लालसिंह खत्री र क्याप्टेन क्याभनागलाई लण्डन पठाउने भयो। नेपालबाट हिँडेको जंगको टोली भारत पुगेपछि त्यहाँको इष्ट इण्डिया कम्पनी सरकारले क्याभनागलाई दोभाषेको रुपमा भ्रमण टोलीमा समावेश गराएको थियो। 

‘हामी आउला तीमीहरु अ‍ैल्हे रेलगाडामा चढिजाउ, वांह सर्कारलाई डेरा षटायाको भया हेरि षबर ल्याउनु नषटायाको भया यक असल घरको ठेकान गरि आउनु।’ (जंगबहादुरको बेलाइत यात्रा, सम्पादक कमल दीक्षित, पृष्ठ १४)

बेलायत जाँदाजाँदै बाटोबाटै फर्काइएको माथवरसिंहको टोली
मुख्यितार भीमसेन थापाको पालामा सन् १८१३ मा अंग्रेजसँग निकट हुने नीति अवलम्वन गर्न माथवरसिंह थापाको नेतृतवमा एउटा टोली बेलायत जान हिँडेको थियो। त्यसमा जंगबहादुर पनि कान्छो सदस्यको रुपमा समावेश थिए।

‘मिसन कलकत्ता पुगेपछि त्यहाँका एक्टिङ गभर्नर जनरल चार्ल्स थियोफिलस मेटकाफले उनीहरुको स्वागत गरे। नेपालसँग इष्ट इण्डिया कम्पनीले गर्ने भनिएको व्यापारिक सन्धिमा मतभिन्नता भएपछि र नेपालस्थित ब्रिटिस रेजिडेन्टमार्फत् नभई सिधै बेलायतका सम्राटसँग सम्पर्क राख्ने उद्देश्य नेपाली मिसनको रहेको पाएपछि उनीहरुलाई बेलायत जान रोकियो। उपहार र खलितापत्र चार्ल्स आफैंले बुझेर बेलायत पठाइदिने बताएपछि नेपाली मिसन त्यहीँबाट फर्कन बाध्य भयो।’ (गंगा कर्माचार्य हाडा, सिनास जर्नल, भोल्युम २७, नम्बर २, पृष्ठ २७२, जुलाई २०००) 

बेलायत जान भनी हिँडेको माथवरसिंहको टोलीले ४ लाख रूपैयाँ लिएर गएको थियो। बेलायत जान नपाएपछि टोलीले त्यो पैसा राजा जस्तो तरिकाले मोजमजा गरेर खर्च गर्‍यो। (डा. विश्व पौडेल, इतिहासमा अर्थ, नेपाल लिटरेचर फेस्टिबल पोखरा, २०१७)

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
श्रीभक्त खनाल
लेखकबाट थप
महारानी भिक्टोरियाको डायरीमा जंगबहादुरको बेलायत यात्रा 
पोखरा हान्ने निर्णय छाडेर किन बन्दीपुर कब्जा गर्‍यो कांग्रेसले?
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज शनिबार, असार २७, २०८३
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध शनिबार, असार २७, २०८३
काठमाडौँ उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम, ३१ जिल्लामा मध्यम खतरा शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन शुक्रबार, असार २६, २०८३
२०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्पेन शनिबार, असार २७, २०८३
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, असार २६, २०८३
बुद्धनगरमा आत्मदाह प्रयासको अर्को घटना शनिबार, असार २७, २०८३
सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ? शुक्रबार, असार २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्