• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

महारानी भिक्टोरियाको डायरीमा जंगबहादुरको बेलायत यात्रा 

64x64
श्रीभक्त खनाल मंगलबार, वैशाख १४, २०७८  ०७:०४
1140x725

भाइ बमबहादुरलाई अख्तियारी दिएर जंगबहादुर राणा बेलायत जाने भए। उनीसहित ४१ जनाको टोलीले १५ जनवरी १८५० मा काठमाडौं छाड्यो। बेलायत जानका लागि भारत पुगेको भ्रमण दल ‘हेडिङटन’ नामको पानीजहाज चढेर कलकत्ताबाट ७ अप्रिल १८५० का दिन बेलायत रवाना भएको थियो। 

हेडिङटन सन् १८४८ मा करिब ६२ हजार पाउण्ड खर्च गरेर यात्रु र सामान बोक्नका लागि बेलायती कम्पनी ‘भर्नन थोमस एण्ड सन्स’ले बनाएको पानीजहाज थियो। ‘दि पेनेन्सुलार एण्ड ओरियण्टल स्टीम नेभिगेसन कम्पनी’को स्वामित्वमा रहेको यो पानीजहाजले भारतबाट चिठीपत्र र सामान ओसार्थ्यो। poheritage.comमा राखिएको हेडिङटनको ‘फ्याक्ट सिट’ अनुसार यो प्रतिघण्टा १९.४४ किलोमिटरका दरले चल्थ्यो ।

कलकत्ताबाट इजिप्टसम्म पुग्न यो भ्रमण दलले त्यसबेला ५ हजार पाउण्ड भाडा तिरेको थियो। पानीजहाजमा जंगबहादुरको टोलीका अलावा अन्य यात्रु, सरसामान र जनावर पनि थिए। मानिसको संख्या करिब १२ सय थियो। 

श्रीभक्त खनाल

‘कोही बन्दुकको तारा हांछन्, कोही किताप पढछन्, कोही कौसिमा बसि हावा षांछन्, कोही देसदेसका कुरा कथा, शास्त्रका कुरा कीताब हेर्छन्। बाह्र सये मानिस तेस जाहाज्मा रह्याका छन्, आफ्ना काम गर्छन् ।’ (जंगबहादुरको बेलाइत यात्रा, प्रकाशक– मदन पुरस्कार पुस्तकालय, प्रकाशन मिति– वि.सं. २०१४, सम्पादक कमल दीक्षित, पृष्ठ ६) 

जंगबहादुरले भन्सारमा तरबार झिकेपछि...
कलकत्ताबाट हिँडेको टोली मद्रासको चिनापट्टनम् हुँदै सातौं दिनमा लंका (श्रीलंका) पुग्यो। लंकाबाट हिँडेको आठौं दिनमा उनीहरू एडन (Aden)  पुगे। यो ठाउँलाई हाल यमन भनिन्छ। एडनबाट हिँडेको आठौं दिनमा उनीहरू सोएज बादशाहको मुलुक (suez emperor) पुगे। यो अहिलेको इजिप्टलाई भनिएको हो। सोएजमा एक दिन आराम गरेपछि टोली फरोजा (faroja) नामको स्टिमर चढेर इजिप्टकै अर्को शहर आलेकजण्ड्रिया पुग्यो। आलेकजण्ड्रियाबाट ‘रिपोन’ पानीजहाज समातेर उनीहरु अघि बढे। आलेकजण्ड्रिबाट हिँडेको सात दिनमा जंगबहादुरको टोली माल्टा पुग्यो। माल्टाबाट हिँडेको ६ दिनपछि टोलीले जिब्राल्टर टेक्यो। जिब्राल्टरबाट हिँडेको ४ दिनमा नेपाली प्रतिनिधिमण्डल बेलायतको साउथह्याम्पटन बन्दरगाह पुग्यो। त्यो दिन थियो, २५ मे १८५०। 

रिपोनको क्याप्टेन रोबर्ट मोरेस्बी थिए जो इष्ट इण्डिया कम्पनीको ‘इण्डियन नेभी’मा आवद्ध सैनिक थिए। जंगबहादुर राणाको टोलीको आगमनलाई लिएर २७ मे १८५० मा बेलायती अखबार ‘मर्निङ पोष्ट’मा यस्तो समाचार छापिएको थियोः 

‘भारतबाट धेरै चिठीपत्र बोकेर आइतबार बिहान सात बजे रिपोन आइपुग्यो। जहाजका १६६ यात्रीमध्ये १०१ फर्स्ट क्लास डेकमा थिए जसमा नेपालका महामहिम जंगबहादुर राणाजी पनि थिए। उनी नेपाल अधिराज्यका प्रधानमन्त्री तथा कमाण्डर इन चिफ पनि हुन्। नेपाल तिब्बतको बोर्डरमा पर्छ।’ 

साउथह्याम्पटन भन्सारमा जंगको टोली र भन्सार अधिकृतहरुबीच केहीबेर गलफत्ती भयो। कारण थियो- नेपालबाट ल्याइएका सामानको भन्सार शुल्क तिर्नुपर्ने कुरा र जाँच प्रक्रिया। भन्सार अधिकृतले रानी भिक्टोरियालाई ल्याइएको सामान जाँच नगर्ने तर,  नेपाली दलले ल्याएको सामान आंशिक जाँच गर्ने निर्देशन पाएका थिए। बेलायत भ्रमणमा आउने पहिलेका अन्य कूटनीतिज्ञहरुलाई उनीहरुले यसो गर्दै आएका रहेछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘भन्सार अधिकृतहरुले पहिले मालसामान नखोल्ने आदेश पाएका थिए। तर, पछि जंगले ल्याएको सामान पनि खोल्नू भन्ने आदेश पाएपछि उनीहरुले भन्सार शुल्क लगाउने हेतुले टोलीलाई सामान खोल्न भने। भन्सारको व्यवहारमा टोली सहमत भएन। जंगले ६ जना नेपाली सुरक्षाकर्मीलाई सामान हेर्ने आदेश थिए। म्यानबाट तरबार झिके र घोषणा गरे कि यदि कसैले यी सामान छुन्छ भने उनी अर्को स्टीमर लिएर फ्रान्स जानेछन्। भन्सार अधिकृतले माथिका अधिकारीलाई समस्या उत्पन्न भएको बताएपछि केही टेलिग्राम आदानप्रदान भए, समानहरु नखोली छाडिए।’ (Life of Jung Bahadur, Pudma Jung Bhaddoor Rana, Page 125, Pioneer Press, Allahabad, 1909)।

पानीजहाजमै दाउरा बालेर भान्सा
रिपोनले इजिप्टबाट साउथह्याम्टन आउँदा एउटा हिप्पोपोटामस पनि लिएर आएका थिए। बेलायतलाई इजिप्टका शासक अब्बास पासाले सो जीव उपहार दिएका थिए। ‘जहाजको अघिल्लो भागमा नेपाली दल काठबाट बनेको चुलोमा खाना बनाइरहेको थियो जुन जहाजको लागि खतरा हुन सक्थ्यो। उनीहरू केही हाउभाउकासाथ यात्रा गरिरहेका थिए जसको खर्च २० हजार पाउण्ड थियो। उनीहरु आफ्नो धर्म (हिन्दू) मान्ने बाहेक अरुले छोएको खाँदैनथे। अरुसँग छोइछिटो होला भनेर तिनीहरुले जहाजको अघिल्लो भाग बुक गरेका थिए जहाँ भान्सा थियो। माटो र बालुवाले भरिएको चारपाटे चौका बनाएका थिए। उनीहरुको इन्धन कोइला थियो। 

पानीजहाजको एक कुनामा सिंह, चितुवा, दुई जंगली सुँगुर, दुई पेलिकन हाँस, दुई गजेला (कृष्णसार), तिन चिल, दुई लाइनक्स (हेर्दा बिरालो जस्तो देखिने), दुई मस्क क्याट (एक प्रकारको जंगली बिरालो), दुई इबिक्स प्राणी, प्रशस्त बाख्रा, कंगारु र्‍याटस् नामको प्राणी, जंगली बिरालो र थुप्रै सर्प अनि छेपारा थिए। विभिन्न प्रजातिका अरेबियन घोडा, इजिप्सियन प्रजातिका बिराला र दुई सपेरा पनि जहाजमा थिए जसले हिप्पोपोटामससँगै यात्रा गरे।’

(अब्बासः अ हिप्पोपोटामस इन भिक्टोरियन लण्डन, सिमोन्स जोन, पृष्ठ ५०–५१, एनिमल पब्लिक्स, २०१९।)

Xtrem

Xtrem

बेलायतका दैनिक र साप्ताहिक अखबारहरुले हिप्पोपोटामस र जंगबहादुर दुवैको चर्चा गरेका छन्। ‘इलस्ट्रेड लण्डन न्यूज’ लगायतका पत्रिकाहरुले यसरी समाचार दिएका थिए-
‘डेढ वर्ष उमेरको हिप्पोपोटामस, जुन नाइल नदीमा समातिएको थियो, त्यो जनावर र जंगको टोली साउथह्यामटनमा ट्रेन पर्खेर बसेको छ। विशेष ट्रेनमार्फत् हिप्पोपोटामस लण्डनको रिजेण्टस् पार्कस्थित जुलोजिकल गार्डेन लगिँदैछ भने जंग सेण्ट्रल लण्डनको ‘वाटर लु’ स्टेशन जाँदैछन्। वाटर लुबाट उनीहरुलाई बेलायत सरकारले बस्न ब्यवस्था गरेको घर ‘रिचमण्ड टेरेस’ जान पैदल करिब १५ मिनेट जानुपर्छ।’रिचमण्ड टेरेस हाल अस्तित्वमा छैन। थेम्स नदीकिनारमा रहेको यो ठाउँमा हाल बेलायतको रक्षा मन्त्रालय रहेको छ। (हे. रिचमण्ड टेरेसको तस्वीर) 

भिक्टोरियाको डायरीमा जंगबहादुर
१८ वर्षको उमेरमा रानी बनेकी बेलायती महारानी भिक्टोरिया जीवनका महत्वपूर्ण घटना आफैंले डायरीमा टिप्थिन्। उनी फ्रेञ्च भाषामा पोख्त थिइन्। जंगबहादुर बेलायत पुग्दा भिक्टोरियाको शासन १३औं वर्षमा चलिरहेको थियो। महारानीले लेखेका ४५ वटा डायरी उनको निधनपछि कान्छी छोरी बियात्रिसले सारिन्। जंगबहादुर बेलायत पुग्दा भिक्टोरया ‘विण्डसोर क्यासल’ मा रहिछन्। यो दरबार लण्डनबाट करिब ३८ किलोमिटर टाढा पर्छ। हिप्पोपोटामस र जंगबारे रानीले १० जुन १८५० मा गरेको टिपोटको भावानुवाद यस्तो छ-

‘अलेक्जान्ड्रियाबाट एम.मुर्रे बेलायत फर्केका छन्। उनी त्यहाँ कन्सुल जनरल थिए। उनले भर्खरको हिप्पोपोटामस पनि साथै लिएर आएका छन्। भनिए अनुसार यो हिप्पोपोटामस रोमनको समयपछि पहिलोपटक बेलायत ल्याइन लागिएको हो। अहिले यसलाई जुलोजिकल गार्डेनमा राखिएको छ। नेपालका राजदूत र उनका सहयोगीहरु पनि सोही जहाजमा बेलायत आएका हुन्।’ (क्वीनभिक्टोरियाजर्नलस् डट ओआरजी।) 

८ जुन १८५० मा दि इलस्ट्रेटेड लण्डन न्यूज’ को प्रथम पृष्ठमा छापिएको जंगबहादुरको पोट्रेट। पोट्रेट बेलायती कलाकारले बनाएक हुन्। स्रोतः ब्रिटिश लाइब्रेरी आर्काइभ 
 

साउथह्याम्टन पुगेको टोली त्यो दिन त्यहीँ बस्यो। भोलिपल्ट टोलीले राजधानी लण्डनमा बस्ने व्यवस्था बुझ्नका लागि लेफ्टिनण्ट लालसिंह खत्री र क्याप्टेन क्याभनागलाई लण्डन पठाउने भयो। नेपालबाट हिँडेको जंगको टोली भारत पुगेपछि त्यहाँको इष्ट इण्डिया कम्पनी सरकारले क्याभनागलाई दोभाषेको रुपमा भ्रमण टोलीमा समावेश गराएको थियो। 

‘हामी आउला तीमीहरु अ‍ैल्हे रेलगाडामा चढिजाउ, वांह सर्कारलाई डेरा षटायाको भया हेरि षबर ल्याउनु नषटायाको भया यक असल घरको ठेकान गरि आउनु।’ (जंगबहादुरको बेलाइत यात्रा, सम्पादक कमल दीक्षित, पृष्ठ १४)

बेलायत जाँदाजाँदै बाटोबाटै फर्काइएको माथवरसिंहको टोली
मुख्यितार भीमसेन थापाको पालामा सन् १८१३ मा अंग्रेजसँग निकट हुने नीति अवलम्वन गर्न माथवरसिंह थापाको नेतृतवमा एउटा टोली बेलायत जान हिँडेको थियो। त्यसमा जंगबहादुर पनि कान्छो सदस्यको रुपमा समावेश थिए।

‘मिसन कलकत्ता पुगेपछि त्यहाँका एक्टिङ गभर्नर जनरल चार्ल्स थियोफिलस मेटकाफले उनीहरुको स्वागत गरे। नेपालसँग इष्ट इण्डिया कम्पनीले गर्ने भनिएको व्यापारिक सन्धिमा मतभिन्नता भएपछि र नेपालस्थित ब्रिटिस रेजिडेन्टमार्फत् नभई सिधै बेलायतका सम्राटसँग सम्पर्क राख्ने उद्देश्य नेपाली मिसनको रहेको पाएपछि उनीहरुलाई बेलायत जान रोकियो। उपहार र खलितापत्र चार्ल्स आफैंले बुझेर बेलायत पठाइदिने बताएपछि नेपाली मिसन त्यहीँबाट फर्कन बाध्य भयो।’ (गंगा कर्माचार्य हाडा, सिनास जर्नल, भोल्युम २७, नम्बर २, पृष्ठ २७२, जुलाई २०००) 

बेलायत जान भनी हिँडेको माथवरसिंहको टोलीले ४ लाख रूपैयाँ लिएर गएको थियो। बेलायत जान नपाएपछि टोलीले त्यो पैसा राजा जस्तो तरिकाले मोजमजा गरेर खर्च गर्‍यो। (डा. विश्व पौडेल, इतिहासमा अर्थ, नेपाल लिटरेचर फेस्टिबल पोखरा, २०१७)

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
श्रीभक्त खनाल
लेखकबाट थप
महारानी भिक्टोरियाको डायरीमा जंगबहादुरको बेलायत यात्रा 
पोखरा हान्ने निर्णय छाडेर किन बन्दीपुर कब्जा गर्‍यो कांग्रेसले?
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता शनिबार, असोज २४, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान) शनिबार, असोज २४, २०८३
सर्वोच्च अदालत भवन निर्माणको भ्रष्टाचारमाथि छानबिन गर्न माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्