काठमाडौं- नयाँ वर्षकाे पहिलो दिनमै सेयर बजारमा रेकर्ड कायम भएको छ। नेप्से परिसूचक २० दशमलव ६७ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ४६ अंकमा पुगेको छ। जुन, हालसम्मकै उच्च हो।
गत वर्षको अन्त्य र नयाँ वर्षको शुरुवात सेयर बजारका लागि सुखद् भएको छ। साताको अन्तिम दिन बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक २०.६७ अंकले बढेर २ हजार ७३५.४६ मा पुगेको छ।
ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१७ अंकले बढेको छ। कूल २०९ कम्पनीको १ करोड ९० लाख २० हजार ५२८ कित्ता सेयर ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ मा खरिद बिक्री भएका छन्।
कारोबार भएका कूल १३ उपसमूहमध्ये व्यापार ९९.६६ र जलविद्युत् ८.९७ बिन्दुले घटेका छन्।
यस्तै, बैंकिङ २३.०४, होटल तथा पर्यटन १०.५, विकास बैंक ९०.१८, वित्त २८.३९, निर्जीवन बीमा ९.०३, उत्पादन ४३ं२७, अन्य ३.३, लघुवित्त ६.१४, जीवन बीमा ४५.६८, सामूहिक लगानी कोष ०.०५ र लगानी १.५९ बिन्दुले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।