काठमाडौं–आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ८ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
संस्थाको पाँचौ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको ८ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।
काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल कम्पनीको चुक्तापूँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए।
साधारण सभाले संस्थापक अध्यक्ष जगत पोखरेलसहित ६ जनालाई नयाँ संचालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको छ।
संस्थापक समूह क बाट प्रतिनिधित्व हुने सञ्चालक चार जना र सर्वसाधारण समूह खबाट प्रतिनिधित्व हुने गरी संचालक दुई जनाको पदावधि समाप्त भएको भन्दै निर्वाचन अधिकृत भक्तिराम घिमिरेले निर्बिरोध निर्वाचित भएको घोषण भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।