काठमाडौं- लक्ष्मी बैंकले कास्कीको लेखनाथमा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नो १२८औँ शाखा पोखरा महानगरपालिकाको लेखनाथ (ताल चोक) मा सञ्चालनमा ल्याएको हो।
उक्त शाखामार्फत् ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
योसँगै लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२८ शाखा, छ एक्सटेन्सन काउन्टर र पाँच हस्पिटल सेवा काउन्टर, १५७ एटीएम, दुई हजार ५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।