काठमाडौं–स्मार्टफोन ब्रान्ड साओमीले स्मार्ट, कम्प्याक्ट र पोर्टेबल ग्याजेटको रूपमा एमआई टिभी स्टिक नेपाली बजारमा ल्याएको छ । कम्पनीले नयाँ वर्ष २०७८ को पहिले दिन पारेर कुनै पनि ननस्मार्ट टिभीलाई स्मार्ट टिभीमा रूपान्तरण गर्ने लक्ष्यसहित टिभी स्टिक ल्याउन ल्याएको बताएको छ।
एन्ड्रोइड टिभी ९.० द्वारा सञ्चालित एमआई टिभी स्टिकले गुगल प्लेमार्फत ५ हजारभन्दा बढी एप्स र गेमहरूको पहुँच प्रदान गर्ने जनाइएको छ। एमआई टिभी स्टिक कम्प्याक्ट र लाइटवेट डिजाइन रहेको कम्पनीले जनाएको छ।
यसमार्फत प्रयोगकर्ताले अब कुनै पनि टिभीमा पूर्ण एचडी रेजोलुसनमा हजारौं घन्टा मनोरञ्जन तथा सूचना लिन सक्ने कम्पनीले जनाएको छ । टिभी स्टिकलाई ३० सेकेन्डभन्दा कममा जडान गर्न सकिने कम्पनीको दाबी छ। यसमा ग्याजेटमा सिनेमाजस्तो अनुभवका लागि डोल्बी र डिटिएस अडियो कम्प्रेसन प्रविधि रहेको जनाइएको छ।
साओमी नेपालका काउन्टी जेनेरल म्यानेजर श्री सौरभ कोठारीले साओमीले ग्राहकको मनोरञ्जनलाई बैठक कोठाको आराममा केन्द्रित गरिरहेको बताए।
विशेषतः यो टिभि स्टिक एन्ड्रोइड टिभीको संस्करण (९.०)मा सञ्चालित रहेको जनाइएको छ । यो नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नी प्लस हटस्टार, हंगामा प्ले, जी–फाइभ, आहा मनोरञ्जनजस्ता ओटिटी प्लेयरको पहुँचका साथ अनलाइन सामग्री स्ट्रिमिङका लागि एक स्टप गन्तव्य बनेको कम्पनीले जनाएको छ।
गुगल प्ले स्टोरमा ५ हजारभन्दा बढी एप्लिकेसनको उपलब्धताका साथ एमआइटिभी स्टिकले गुगल प्ले स्टोरमा खेल खेल्ने विकल्पको अधिकता पनि प्रदान गरेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।