• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कसको स्वार्थले हुन सकिरहेको छैन प्रहरी समायोजन?

64x64
नारायण अधिकारी बिहीबार, वैशाख २, २०७८  ०७:०३
1140x725
फाइल तस्बिर

काठमाडौं- प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न ऐन बनेको एक वर्ष नाघिसकेको छ। गत वर्षको माघ २८ गते जारी भएको उक्त ऐनमा प्रस्ट रूपमा ऐन जारी भएको मितिले एक महिनाभित्र समायोजनको प्रक्रिया विवरण तयार गरिसक्ने उल्लेख छ। तर, ऐन जारी भएको १४ महिना नाघिसक्दासमेत अहिलेसम्म प्रहरी समायोजनले मूर्तरूप लिन सकेको छैन।

यसको मुख्य कारण स्वार्थ केन्द्रित खिचातानी रहेको सुरक्षा मामलाका जानकारहरू बताउँछन्। ऐनमा ३० दिनभित्र गर्नुपर्ने भनेर प्रस्ट रूपमा उल्लेख गरिएको भए पनि विभिन्‍न शक्तिकेन्द्रका स्वार्थका कारण प्रहरी समायोजनले कछुवा गति लिएको सुरक्षा विज्ञको बुझाइ छ। प्रहरी समायोजन धिमा गतिमा अघि बढ्नुमा राजनीतिक नेतृत्वदेखि, ब्यूरोक्रेसी, प्रहरीकै उपल्लो दर्जाका हाकिमसम्मको भूमिका देखिने नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीको बुझाइ छ।

‘प्रहरी समायोजन ढिलासुस्ती हुनुमा राजनीतिक नेतृत्वको स्वार्थदेखि प्रहरीकै हाकिमको स्वार्थसमेत लुकेको छ,’ मल्ल भन्छन्, ‘अनावश्यक रूपमा स्वार्थकेन्द्र हाबी हुँदा यसको असर नतिजामा पर्छ।’

प्रहरी समायोजनको ढिलासुस्तीमा राजनीतिक नेतृत्वदेखि ब्यूरोक्रेसी र प्रहरीकै हाकिमको स्वार्थ हुनुको कारणचाहिँ के त? यो प्रश्नको जवाफ भने प्रदेश प्रहरी ऐनले बताउने मल्लको तर्क छ। प्रहरी समायोजन भएपछि संघ र प्रदेशमा यसको संरचना हुने र सोहीअनुसार अधिकार बाँडफाँड हुन्छन्। प्रहरी समायोजन भइसकेपछि अधिकारसमेत बाँडफाँड गर्नुपर्ने हुँदा आफ्नो अधिकार कटौती गर्न नचाहँदा समायोजन प्रक्रियाले कछुवा गति लिएको मल्लको विश्लेषण छ।

चुनावलाई बहाना बनाउँदै समायोजन प्रक्रिया त रोकियो तर न चुनाव नै भयो न द्रूतगतिमा समायोजन प्रक्रिया नै अघि बढ्न सक्यो।

प्रदेश २ सरकारले पटक-पटक समायोजन प्रक्रियामा संघीय सरकार बाधक बनेको भन्दै सार्वजनिक रूपमा बोल्दै आएको छ। समायोजनपछि संघीय सरकारको अधिकार कटौती हुने भएकै कारण समायोजनमा ढिलासुस्ती भएको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव बताउँछन्। 

समायोजन नै नगरी संघीय सरकारले प्रहरी भर्ना प्रक्रिया अघि बढाएको भन्दै प्रदेश २ सरकार यसअघि नै सर्वोच्च अदालत पुगिसकेको छ। संघीय सरकारले आह्वान गरेको प्रहरी भर्ना प्रक्रिया रोक्न भन्दै प्रदेश २ सरकार सर्वोच्च पुगे पनि उक्त मुद्दाको छिनोफानो भने भइसकेको छैन।

प्रदेश सरकार गठन भइसकेको र प्रदेश प्रहरी ऐन आइसकेको अवस्थामा प्रदेश सरकारले नै प्रदेश प्रहरी भर्ना गर्नुपर्नेमा केन्द्रले भर्ना गर्नुमा स्वार्थ हाबी भएको मन्त्री यादवको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

समायोजन ढिलासुस्तीको बहाना चुनाव
गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन गरेर समायोजनको प्रक्रिया थालेको थियो। उक्त समितिले प्रहरीको विवरण संकलन गर्नेलगायतका काम सुरू गरेको थियो। तर, गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि समायोजनको प्रक्रिया रोकिएको थियो। निर्वाचनलाई बहाना बनाएर समायोजन प्रक्रिया त रोकिए पनि अहिले प्रतिनिधि सभा पुनःस्थापना भएर निर्वाचन घोषणा असान्दर्भिक बनिसकेको छ। तर, प्रहरी समायोजन अघि बढेको छैन। 

समायोजन प्रक्रिया सुरू गरेको चार महिनाभित्र टुंग्याउने गरी काम भएको दाबी त्यसबेला समितिका संयोजकसमेत रहेका सहसचिव गौतमले गरेका थिए। उनको सरूवा भएपछि अहिले उक्त जिम्मेवारी प्रशासन महाशाखाका प्रमुख, सहसचिव घनश्याम उपाध्यायलाई दिइएको छ। निर्वाचन घोषणा भएपछि रोकिएको समायोजन प्रक्रिया चैत ५ गतेबाट पुनः सुरू भएको गृह मन्त्रालयले जनाएको छ। उपाध्याय समितिको बैठक पहिलोपटक चैत ५ गते बसेसँगै समायोजन प्रक्रियाले पुनः गति लिएको मन्त्रालयको भनाई छ। 

‘जतिसक्दो चाँडो सक्ने गरी समायोजन प्रक्रिया अघि बढाएका छौं। ठ्याक्कै यति समयभित्र सकिन्छ भन्‍नसक्ने अवस्था छैन,’ नेपाल लाइभसँग कुरा गर्दै उपाध्यायले भने।

समितिले कार्यविधि र मापदण्ड बनाएपछि समायोजनका लागि सूचना प्रकाशन गर्ने तयारी गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ओएण्डएम बहाना
नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा एक महिनाभित्र समायोजनले गति लिनुपर्ने उल्लेख गरिए पनि संगठन तथा व्यवस्थापन सर्वे (ओएण्डएम)लाई देखाउँदै समायोजन प्रक्रिया सुरू हुन सकेको थिएन।

गत साउन २८ गते मन्त्रिपरिषद्मा ओएण्डएम पेस भएको थियो। उक्त ओएण्डएम मंसिरको पहिलो साता पास भयो। त्यसपछि समायोजनले गति लिने बताइए पनि अहिलेसम्म समायोजन कछुवा गतिमै छ।

पछिल्लो समय नयाँ दरबन्दी संरचनाअनुसार प्रहरीको पदस्थापन र सरूवा भइरहेको छ। तर, समायोजनको कामलाई भने संघीय सरकारले बेवास्ता गर्दै आएको प्रदेश सरकारको आरोप छ।

सबैभन्दा बढी प्रदेश १ मा
प्रहरी दरबन्दी कुन प्रदेशमा कति हुने भन्‍नेबारे यसअघि नै टुंगो लागिसकेको छ। जसअनुसार सबैभन्दा बढी प्रदेश १ मा १० हजार ७१७ प्रहरी दरबन्दी कायम भएको छ।

त्यसैगरी प्रदेश २ मा नौ हजार १५२ प्रहरी दरबन्दी कायम गरिएको छ। बागमती प्रदेशमा सात हजार ३०४ प्रहरीको दरबन्दी कायम भएको छ।

गण्डकी प्रदेशमा छ हजार ७४५, लुम्बिनीमा नौ हजार ४४३ प्रहरी दरबन्दी कायम भएको छ। कर्णालीमा सबैभन्दा कम पाँच हजार ४५८ र सुदूरपश्चिम प्रदेशमा पाँच हजार ९०१ दरबन्दी कायम भएको छ।

नेपाल प्रहरीमा भने २४ हजार ८१६ दरबन्दी कायम छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन पक्राउ गर्न एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली अहिले श्रेष्ठको घर नख्खु पुगेको छ। शनिबार, असोज ३१, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्