• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विभाजित कम्युनिस्टहरू २०७८ मा कता?

64x64
वीरेन्द्र ओली बुधबार, वैशाख १, २०७८  २२:३०
1140x725

काठमाडौं- दुई शक्तिशाली कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्रले २०७४ असोज १७ गते अचानक राष्ट्रिय सभा गृहबाट चुनावी तालमेल गर्दै एकतामा जाने घोषणा गरे। सोही वर्ष सम्पन्न निर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत पनि ल्याए। फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भए। वाचा अनुसार, दुई पार्टीले २०७५ जेठ ३ मा पार्टी एकताको घोषणा गरे।

एकता भएको झण्डै डेढ वर्षसम्म नेकपा राम्रैसँग चल्यो। त्यसपछिका दिनहरू हार्दिकता र समन्वयभन्दा तिक्ततापूर्ण आरोप-प्रत्यारोपमै बित्यो। विवाद र किचलोसँगै अघि बढिरहेको नेकपा २०७७ सालको अन्त्यतिर औपचारिक रूपमै विभाजित भयो। निक्कै ठूलो मिहिनेतबाट एकता भएको नेकपा औपचारिक रूपमा एमाले र माओवादी केन्द्रको रूपमा विभाजित छ। अनौपचारिक रूपमा एमाले केपी शर्मा ओली पक्ष, माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष तथा वामदेव गौतम पक्ष गरी तीनतिर देखिन्छ। ओली र नेपाल-खनाल पक्ष त औपचारिक विभाजनकै दिशातिर अघि बढेका छन्।

नेकपा विवादको उत्कर्ष गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई विघटन गरेपछि निम्तिएको हो। त्यसयता साना-ठूला विवाद भए पनि एक अर्काविरुद्ध सडकमै उत्रिएर खनिएका थिएनन्। जब ओलीले पाँच वर्षका लागि गठित प्रतिनिधि सभालाई तीन वर्षमै विघटन गरे, त्यसपछि नेकपाको असन्तुष्ट पक्ष मात्रै होइन, कांग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरू पनि संघर्षमा होमिए।

संविधानको प्रावधानभन्दा बाहिर गएर गरिएको विघटनका विरुद्ध नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष सडक संघर्षमै उत्रिए। ओलीविरुद्ध नाराबाजी गरे। अर्कोतिर ओलीले उस्तै शैलीमा प्रतिवाद गरे। सडकमा संघर्ष भएपछि सर्वोच्च अदालतले पनि संविधानकै व्यवस्था अनुसार ओलीको कदमलाई बदर गरिदियो। विघटन भएको ६५ दिनपछि सर्वोच्चद्वारा गत फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापनाको फैसला भयो। त्यस फैसलालाई प्रचण्ड-माधव पक्षले जितको रूपमा व्याख्या गरे। खुशी साटासाट गरे।

प्रतिनिधि सभा पुनःस्थापना भएलगत्तै ओलीले नैतिकताका आधारमा प्रधानमन्त्रीबाट राजीनामा दिने आम अपेक्षा थियो। ओलीलाई राजीनामा गराउन उनीविरुद्ध मोर्चाबन्दी समेत बनाउने तयारी थियो। त्यसै मौकामा सर्वोच्च अदालतले फागुन २३ गते नेकपा नामको वैधानिकता ऋषिराम कट्टेललाई दिने अर्को चर्चित फैसला गर्‍यो। र, एमाले र माओवादी केन्द्रलाई ब्युँताइदियो। प्रचण्ड-नेपालले प्रतिनिधि सभा पुनःस्थापनाको खुशी साटेको दुई हप्ता नबित्दै अदालतको फैसलाले उनीहरूलाई टाउकोमै घन प्रहार गरे जस्तै भयो।

निवेदकले माग दाबी गरेभन्दा पर पुगेर अदालतले फैसला गरेको भन्दै प्रचण्ड-माधव पक्षले असन्तुष्टि पोखे। प्रचण्डले पुनरावलोकनको माग गरे। तर, सर्वोच्चले अस्वीकार गरिदियो। अदालतले पुनरावलोकन नगरेपछि प्रचण्ड माओवादीलाई पुनगर्ठन गर्नतिर लागे भने नेपाल- खनाल एमालेकै समानान्तर कमिटी चलाइरहेका  छन्।

ब्युँतिएपछि एमाले किचलो
एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेमा किचलो बढ्दै गएको छ। एमालेका ओली पक्ष र नेपाल-खनाल पक्षबीच जुहारी चलिरहेको छ। वामदेव गौतम छुट्टै समूह बनाएर 'एकताको पहल' गरिरहेका छन्। यसअघि नेकपामा भएको अन्तरसंघर्षमा नेपाल-खनाल पक्षले प्रचण्डलाई साथ दिएको भन्दै ओलीले फागुन २८ गते आफू पक्षको केन्द्रीय कमिटी बैठक बोलाएर पार्टी विधान संशोधन गरी माओवादीबाट आएका २३ नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनित गरिसकेका छन्।

नेपाल-खनाल पक्षका केन्द्रीय सदस्यको अनुपस्थितिमा केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा परिणत गरी मिति समेत घोषणा गरिसकेका छन्। जसअनुसार आगामी मंसिर २ देखि ६ गतेसम्म एमालेको महाधिवेशन हुने भनिएको छ। पार्टीका कमिटीहरूमा नेपाल-खनाल पक्षका नेताहरूलाई जिम्मेवारीमुक्त गरी ओलीले आफू पक्षका नेताहरूलाई दिएका छन्। नेपाल-खनाल पक्षले फागुन २८ गतेको निर्णय सच्याई पार्टीलाई जेठ २ गते (एमाले र माओवादी केन्द्रबीच एकता हुनुभन्दा अघि) फर्काउन प्रत्यन्न गरिहेका छन्। तर, ओली तयार भएका छैनन्। नहुने स्पष्ट पारिसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसैबीच नेपाल-खनाल पक्षले चैत ४ र ५ गते देशैभरबाट नेता/कार्यकर्ता बोलाएर राष्ट्रिय कार्यकर्ता भेला गर्नुअघि पनि ओलीलाई निर्णय सच्याउन आग्रह गरेका थिए। ओली आफ्नो निर्णय सच्याउन सहमत नभएपछि खनाल-नेपालले देशैभरबाट ४ हजारको संख्यामा नेता/कार्यकर्ता बोलाएर राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेका हुन्। भेलाले पार्टी विवाद मिलाउन जेठ २ गतेमै फर्किनुपर्ने सुझाव दियो। पार्टी एकतालाई कायम राख्न देशैभर नेता/कार्यकर्ता सक्रिय बनाई एकता विरोधी शक्तिका विरुद्ध लड्नुपर्ने निष्कर्ष निकाल्यो।

खनाल-नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला गरेको दुई दिनमै ओलीले वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी विधान विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेर पत्र पठाए। चारै नेताले चित्तबुझ्दो जवाफ नदिएको भन्दै ओलीले ६ महिनाका लागि निलम्बन गरेका छन्।

एमालेमा अहिले ओलीविरुद्ध नेपाल-खनाल पक्षले समानान्तर कमिटी चलाइरहेका छन्। यस्तो अवस्थामा अघि बढिरहेको एमालेभित्रको अन्तरद्वन्द्वको निष्कर्ष कस्तो होला भनेर विश्लेषण भइरहेका छन्।

यता एमालेभन्दा माओवादीमा आन्तरिक द्वन्द्व शान्त छ। पार्टीको नेतृत्व प्रचण्डले गरिरहेका छन्। उनलाई चुनौती दिने नेता नभएकाले माओवादीमा तत्काल द्वन्द्व बढ्ने सम्भावना छैन। तर, माओवादीका नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, दावा लामालगायत एमाले प्रवेश गरेका छन्। कतिपयलाई माओवादीले कारबाही गरिसकेको छ।
 
गठजोड कस्तो बन्ला?
एमालेभित्र बढेको अन्तरद्वन्द्व तथा प्रचण्ड, नेपाल र खनाल पक्षको सम्बन्धले फेरि उनीहरू एउटै पार्टीमा हुने सम्भावना छ। माओवादीले आफ्नो पार्टीको नाम फेर्न ठिक्क परेपनि एमालेभित्रको अन्तरद्वन्द्व किनारा नलागेकाले निर्णय नगरेर बसेको छ। कम्युनिस्ट राजनीतिको आगामी एकता र गठबन्धन माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नयाँ स्वरूपमा देखापर्ने विश्लेषण गरिएको छ। माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

Xtrem

Xtrem

संसद्मा ओलीले विश्वासको मत नपाउने र अर्को सरकार पनि बन्ने स्थिति नहुँदा मुलुक निर्वाचनमा जान सक्ने आकलन गरिएको छ। त्यस्तो हुँदा प्रचण्ड, नेपाल र खनाल एउटै पार्टी वा चुनावी मोर्चामा हुने परिस्थिति बन्न सक्छ। त्यस्तै, ओली तथा नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतको अर्को मोर्चा बनेर चुनावमा जाने स्थिति बन्ने विश्लेषण गरिएको छ। नेपाल पत्रकार महासंघको निर्वाचनले समेत त्यस्तो खालको गठनबन्धनको संकेत दिइसकेको छ।

तर, एमाले स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले २०७७ मा नेकपा विभिन्न टुक्रामा विभाजित भएपनि आउने वर्षको पहिलो प्राथमिकतामा एमाले एकता र सुदृढीकरण पर्ने बताए। एमाले एकता र सुदृढीकरणपछि नेपालको कम्युनिस्ट आन्दोलन नयाँ उचाइमा अगाडि बढ्ने ज्ञवालीले दाबी गरे।

‘केपी ओली हिन्दू धर्मदेखि संवैधानिक राजतन्त्रसम्म पुग्न सक्ने देखिन्छ। त्यसरी जाँदा मार्क्सवाद र लेनिनवादबाट समेत च्युत हुन्छन्। त्यस्तो अवस्थामा उनीभित्रको ठूलो पंक्ति त्यता जाँदैन’, ज्ञवालीको विश्लेषण छ, ‘ओलीले अहिले पनि आफूलाई एमाले भनिरहेका छन्। त्यो भनेको मार्क्सवादी मात्रै नभएर लेनिनवादी सिद्धान्त अंगालेको भन्ने हुन्छ। त्यो उनले ओढेको खोल नउतारेसम्म भ्रम दिइरहन्छन्। सबैभन्दा पहिले उनले ओढेको नक्कली खोल च्यात्न जरुरी छ।’

केपी ओलीमा भएको विशाल पंक्ति कम्युनिस्ट भनेरै लागिरहेको बताउँदै ज्ञवालीले ओलीको खोल उत्रिनेबित्तिकै सच्चा कम्युनिस्टहरू एक ठाउँमा उभिने स्थिति बन्ने बताए। ‘हामीले सबैभन्दा पहिला केपी ओलीको खोल उतार्न जरुरी छ। उनी जहाँ जान खोजेका छन्, त्यहाँ स्पष्ट भएर छिटो जान जरुरी छ। त्यसपछि ओलीसँग भएका मार्क्सवादी र लेनिनवादीहरू एक ठाउँमा उभिने स्थिति हुन्छ। त्यसपछि कम्युनिस्ट आन्दोलन बृहत एकतातिर जाने स्थिति बन्छ’, ज्ञवालीले भने।

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  २२:३०
  • #प्रचण्ड
  • #केपी_ओली
  • #वामदेव-गाैतम
  • #माधव_कुमार_नेपाल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त मानबहादुर कार्कीले सो प्रतिवेदन पेश गरेका हुन् । बिहीबार, असोज १५, २०८३
फिजी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी शनिबार फिजिका लागि प्रस्थान गर्नेछन् । मन्त्रालयले मन्त्रीको भ्रमणबारे आधिकारिक जानकारी भने ग... बिहीबार, असोज १५, २०८३
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले राजनीतिक इमानदारीको अभावमा सरकारले जनताको आशामाथि कुठाराघात गरेको आरोप लगाएकी... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
२ करोड ५१ लाख बराबरको गहनासहित इला पटेल पक्राउ, थप अनुसन्धान हुँदै बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश बिहीबार, असोज १५, २०८३
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज बिहीबार, असोज १५, २०८३
एआई अनुवाद सुविधासहितको हनर च्वाइस टी१० नेपालमा सार्वजनिक, मूल्य १६ हजार ४९९ रुपैयाँदेखि सुरु बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्