काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको छ।
उनीहरूबीच मंगलबार राति महाराजगन्जस्थित एक व्यापारीको घरमा भेट भएको कांग्रेसका एक नेताले बताए।
दुई नेताबीच भएको कुराकानीको विषयमा विस्तृत जानकारी प्राप्त नभए पनि सत्ता सम्भावना र सहकार्यका स्वरूपका विषयमा छलफल भएको हुनसक्ने ती नेताको भनाइ छ।
मंगलबार दिउँसो नै देउवाले आफ्नो निवास बुढानिलकण्ठमा जनता समाजवादीका डा बाबुराम भट्टराई र उपेन्द्र यादवलाई पनि भेटेका थिए।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ।
सोही अनुसार सभापति देउवाले माओवादी केन्द्र र जसपाका शीर्ष नेतालाई बोलाएर औपचारिक प्रस्ताव राखिसकेका छन्। माओवादी केन्द्रले सहमति जनाएको भए पनि जसपा भने अनिर्णित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।