• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बालबालिका र युवामा कोरोना संक्रमणको जोखिम बढ्दै

64x64
नेपाल लाइभ बुधबार, वैशाख १, २०७८  ०८:१०
1140x725

काठमाडौं - ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र दीर्घरोगीहरु कोरोना संक्रमणको उच्च जोखिममा पर्ने समूहमध्ये एक हुन्। कोरोनाको सुरुवाती दिनमा पनि यिनै समूह बढी संक्रमित हुन्थे र अहिले पनि हुने गर्छन्। 

लक्षण देखिने, सिकिस्त भएर अस्पताल भर्ना हुनेहरुमा पनि ६५ वर्ष माथिका र दीर्घरोगीहरु नै बढी हुन्छन्। बालबालिका र युवा उमेर समूहका व्यक्तिहरु उनीहरुको तुलनामा कम जोखिममा पर्ने चिकित्सकहरुले बताउँदै आएका छन्। तर अहिलेको अवस्थामा युवा उमेरका व्यक्तिहरु पनि उच्च जोखिममा पर्न थालेका छन्। 

यसको अर्थ युवा उमेरका व्यक्ति जोखिममा पर्दै नपर्ने भन्ने होइन। तर उनीहरुलाई कम जोखिम समूह अन्तर्गत राख्ने गरिन्थ्यो। अस्पतालमा भर्ना हुनेहरुको संख्या पनि युवा उमेरका व्यक्तिहरु कम हुने गर्थे। तर अहिले अस्पतालमा हुनेहरुमा युवा उमेरका व्यक्तिहरुको संख्या पनि विस्तारै बढ्दैछ। 

काठमाडौं उपत्यकाको कोरोना उपचार हुने अस्पतालको आईसीयूमा भर्ना हुने कोरोना संक्रमितको संख्या दैनिक बढ्दैछ। जसमा युवाहरुको संख्या पनि विस्तारै बढ्न थालेको अस्पतालबाट प्राप्त विभिन्न तथ्यांकले देखाउँछ। 

काठमाडौं उपत्यकाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नेपाल एपीएफ अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालसँग हामीले यही विषयमा बुझ्ने प्रयास गरेका छौँ। यी अस्पतालहरुमा पछिल्लो २/३ सातादेखि भर्ना हुनेहरुमा युवाहरुको संख्या पनि विस्तारै बढ्न थालेको पाइएको छ। 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हाल १८ संक्रमित उपचाररत छन्। जसमध्ये ११ जना आइसियु र भेन्टिलेटरमा छन्। 

सुरुवाती दिनमा अस्पताल भर्ना हुनेहरुमा वृद्धवृद्धाहरु बढी हुने गरेकोमा हाल शुक्रराज अस्तपालमा ३० देखि ५० उमेर समूहका व्यक्तिहरु भर्ना हुने गरेको डा अनुप बास्तोलाले बताए। 

अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा बास्तोलाले हाल भर्ना हुनेहरुमा ५० उमेर समूहका व्यक्तिहरु बढी रहेको बताए। ३०, ३२, ४० उमेर समूहका व्यक्तिहरु पनि भर्ना हुने गरेको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने, ‘यो अस्पतालमा सुरुवाती दिनमा जसरी अस्पताल भर्ना हुनेहरुमा वृद्धवृद्धाहरु बढी हुन्थे भने अहिलेका दिनहरुमा भर्ना हुनेमा युवाहरु छन्।’

युवा उमेर समूहका व्यक्तिहरु बढी भीडभाडमा जाने, सक्रिय हुने, जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने भएका कारण उनीहरु बढी जोखिममा परेको उनले बताए। 

अस्पतालले कोरोना संक्रमितको उपचारका लागि २३ आइसियु सहित २८ शय्या छुट्याएको छ। सिकिस्त भएर आईसीयूमा भर्ना हुने क्रममा चैत दोस्रो सातादेखि बढ्न थालेको उनले बताए। मानिसहरुले जनस्वास्थ्यका मापदण्ड उल्लंघन गरेसँगै संक्रमितको संख्या र सिकिस्त हुने क्रम बढ्न थोलेको उनको अनुभव छ। 

उनले भने, ‘शुक्रराज अस्पतालमा चैतको दोस्रो सातादेखि बिरामी बढ्न थालेको हो। मानिसहरुले मापदण्ड तोड्न थाले। कोरोना भेरियन्टका कारणले पनि संक्रमणको संख्या बढ्न थालेको हो।’

Xtrem

Xtrem

त्यसैगरी, काठमाडौंको बलम्बुस्थित नेपाल एपिएफ अस्पतालमा भर्ना हुने संक्रमितहरुमा युवाहरु पनि छन्। यसअघि भर्ना हुनेमा युवाहरु नभएका भन्ने होइन। तर करिब दुई सातादेखि यो संख्या केही बढ्न थालेको हो की भन्ने अस्पतालको अनुमान छ। 

अस्पतालका प्रहरी उपरीक्षक डा प्रवीन नेपाल भन्छन्, अहिले अस्पताल भर्ना हुनेहरुमा युवाहरु पनि छन्। १८, २७ वर्षका व्यक्तिहरु पनि भर्ना भएर उपचाररत छन्।

अस्पताल भर्ना हुनेमा ४० देखि ५० वर्ष उमेर समूहका व्यक्ति बढी रहेको उनले बताए। १८ वर्ष मुनिका हाल तीन जना संक्रमित उपचाररत रहेको डा नेपालले बताए। 

यस अस्पतालमा हाल एक जना भेन्टिलेटर, १० आइसियु सहित ४० जना संक्रमित उपचाररत छन्। 

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने संक्रमितहरुको उमेर २० देखि ६० वर्षको छन्। जसमध्ये २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुको संख्या बढी छ। यहाँ हाल २३ जना संक्रमित उपचाररत छन्। जसमध्ये तीन जना संक्रमित आइसियुमा छन्। 

त्रिवि शिक्षण अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दास हाल देखिएको नयाँ कोरोना भाइरसले युवाहरुलाई सिकिस्त बनाउने गरेको बताउँछन्। उनका अनुसार युवाहरु पहिले संक्रमित नभएका होइनन्। तर सिकिस्त भएर अस्पताल भर्ना हुने संख्या निकै कम थियो। 

कोरोनाको नयाँ भेरियन्टका कारण अहिले संक्रमितहरु बढी सिकिस्त हुने गरेको उनको अनुमान छ। 

बच्चा र युवाहरुलाई जोगाउनु नै चुनौती छ : विज्ञ
पछिल्लो समय व्यापक रुपमा फैलिरहेको कोरोनाको नयाँ रुप अर्थात् यूके भेरियन्टबाट १८ वर्ष मुनिका बालबालिका र ४० वर्ष मुनिका व्यक्ति बढी जोखिममा रहेको विज्ञहरुले बताएका छन्। 

यूके भेरियन्ट पहिलेकोभन्दा बढी आक्रामक र सहजै संक्रमण गर्न सक्ने खालको भएको भाइरोलोजिष्ट डा लुना भट्ट बताउँछिन्। बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरु कोरोनाको बढी जोखिममा रहेको उनले बताइन्। 

अहिले देखिएको नयाँ भेरियन्ट भाइरसमा सर्न सक्ने क्षमता पहिलेभन्दा धेरै रहेको बताउँदै डा लुना भन्छिन्, ‘नयाँ भेरियन्ट भाइरस सजिलै सर्न सक्ने र रोग प्रतिरोधात्मक क्षमतालाई छल्न सक्ने खालको देखिन्छ।’

बालबालिकाहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने र युवाहरु बढी सक्रिय हुने भएकाले पनि उनीहरु बढी जोखिममा रहेको उनी बताउँछिन्। अहिले देखिएको सबैभन्दा जोखिम क्षेत्र विद्यालय भएकाले सरकारले यस वर्ष ध्यान दिनुपर्नेमा उनको जोड छ। 

१८ वर्ष मुनिका बालबालिकाले खोप लगाउन नमिल्ने भएकाले पनि उनीहरु स्वयं जोखिममा पर्ने र रोग सार्न सक्ने संभावना सधै हुने उनले बताइन्। कोरोना संक्रमणको दर यसरी नै बढ्दै गए लकडाउनको स्थिति आउन नसिकएला भन्न नसकिने उनले बताइन्। लकडाउनको स्थिति आउन नदिन व्यक्ति स्वयं र सरकारले विशेषज्ञ ध्यान दिन उनको सुझाव छ। 

यूके भेरियन्ट नेपालमा भित्रिसकेकाले १८ वर्ष मुनिका बालबालिका र ४० वर्ष मुनिका युवाहरुले विशेष सावधानी अपनाउनुपर्ने उनले बताइन्।     

उनले भनिन्, ‘वृद्धवृद्धा, दीर्घरोगीहरु त पहिलेदेखि नै जोखिममा छन्। तर बच्चा र युवाहरुलाई कसरी जोगाउने भन्ने नै ठुलो चुनौती भयो।’

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  ०८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्