काठमाडाैं- स्मार्टडोको अनलाइन सपिगं प्लेटफर्मले २०७८ सालको उपलक्ष्यमा “स्मार्टडोको नयाँ वर्षको अफर” सार्वजनिक गरेको छ। जस अन्तर्गत ग्राहकले सामान खरिद गर्दा ६६ प्रतिशतसम्म छुट पाउनेछन् भने हिमालयन बैंकको कार्डबाट अनलाइन पेमेन्ट गर्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन्।
थप ४ भाग्यशाली ग्राहकले यस अफर अर्न्त गत कोन्का टिभी, आइ सिक्स स्मार्टवच्, वेगा स्टायण्ड फ्यान्, बाल्ट्रा स्लाइस् पप–अप टोस्टर जित्नसक्ने छन्। ग्राहकहरुले स्मार्टडोको मार्फतसामसुङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन, सिजि, लिनरफ्लक्स्, हकिन्स्, सनप्ले, किड्स्को, फुलो, मामा अर्थ, पीसेफ् रनियो लाईफ जस्ता टप ब्राण्डका सामानहरु खरिदगर्न सक्नेछन्। साथै ग्राहकले भुक्तानीको लागिक्यास्, कार्ड, अनलाइन भुक्तानी, सेल्पे, ई–सेवा, मास्टर कार्डबाट गर्न सकिने जनाएको छ।
‘हालसालै नेपालमा सबैभन्दा बढी रेटिङ प्राप्त गरिसकेको स्मार्टडोकोले यसै नव वर्षको अवसरमा “स्मार्टडोको नयाँवर्षको अफर” ल्याएको छ। हामीले स्वास्थ्यसँग सम्बन्धि प्रडक्ट र होम एन्ड लिभिङ प्रडक्ट लगायतका कैयौं प्रडक्ट अनलाइनमा उपलब्ध गराएको जनाएको छ।
अहिले रिङ्गरोड भित्र निःशुल्क डेलिभरी गर्दै आएको र यस नयाँ वर्षको अवसरमा नेपाल भरी मात्र ५० मा डेलिभरी गर्ने जनाएको छ। आफ्ना ग्राहकहरुलाई धेरैभन्दा धेरै सेवा दिने उद्देश्यले आकर्षक अफरहरु निरन्तर रुपमा ल्याउँदै आएको छं।
ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै ग्राहकका आवश्यकता अनुसारका प्रडक्टहरु ल्याउँदै जाने जनाएको छ। ग्राहकले सहज ढंगले सपिङ गर्न पाउन भन्ने उद्देश्य अनुरुप सेवा उपलब्ध गराइरहेको आई.एम.एस. ग्रुपका प्रेसिडेन्ट तथा सि.ई.ओ. दिकेश मलहोत्राले जनाए। यो अफर मिति २०७८ बैसाख १ गते देखि ५ गते सम्म मात्र लागू रहने जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।