काठमाडौं- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएकाे छ।
देउवालाई भेट्न यादव र भट्टराई मंगलबार अपराह्न बुढानिलकण्ठ पुगेका हुन्। देउवाले गत शुक्रबार कांग्रेसले नेतृत्व लिनेगरी माओवादी केन्द्र र जसपाबीच संयुक्त सरकारको प्रस्ताव गरेका थिए।
लगतै यस बिषयमा छलफल गर्न जसपाको पदाधिकारी बैठक आइतबार र सोमबार पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा बसेकाे थियाे। दुई दिनसम्म छलफल गर्दापनि कुनै निर्णय गर्न नसकेपछि नयाँ वर्षपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएर निर्णय गर्ने भनिएको छ।
जसपाका केन्द्रीय कार्यकारिणी समितिको बैठक अघि देउवा, यादव र भट्टराईबीच भएकाे भेटलाई विशेष महत्वको साथ हेरिएको छ।
तीन नेताबीच भेट र छलफल भएपनि कुनै निर्णय नभएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएकाे उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।