काठमाडाैं- थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा प्लाष्टिक ब्याग प्रयोगमा प्रतिबन्ध लगाएकाे छ।
अस्पतालको २८ औं वार्षिकोत्सवको अवसरमा प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिक अस्पताल क्षेत्रमा प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेकी हुन्।
वातावरण जोगाउने उद्देश्यले प्लाष्टिक ब्याग प्रयोगमा रोक लगाउने नर्भिक देशकै पहिलो अस्पताल समेत बनेको प्रबन्ध निर्देशक चौधरीले बताएकी छिन्।
यो घोषणासँगै अब अस्पताल जाने बिरामी, तिनका आफन्त तथा अन्य भिजिटरहरुले प्लाष्टिक र प्लाष्टिकजन्य ब्याग प्रयोग गर्न पाउने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।