काठमाडौं- नयाँ वर्ष २०७८ को अवसरमा एनसेलले डबल योजना ल्याएको छ। उक्त योजनाअन्तर्गत एनसेलका ग्राहकले डेटा प्याकको खरिदमा बोनसस्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिनसक्ने कम्पनीले जानकारी दिएको छ।
‘एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि ल्याएको यस आकर्षक डेटा योजनाअन्तर्गत डेटा प्याकको खरिदमा उही शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक ५० रूपैयाँ वा सोभन्दा माथिको रिचार्जमा बोनस डेटा भोलुमको फाइदा पनि लिन सक्छन्,’ एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यो योजना अन्तर्गतको डबल डेटा भोलुम डेटा सापटी सेवामा पनि लागू हुने जानकारी दिएको छ। ग्राहकलाई अझै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्दै यो आकर्षक योजना चैत ३१ गते मंगलबारदेखि सञ्चालनमा आएको छ। यो योजना वैशाख १४ सम्म चालु रहने छ।
‘डबल डेटा योजनाअन्तर्गत ग्राहकले ३० दिनदेखि एक दिनसम्मका विभिन्न डेटा प्याकहरूमा पुरानै शुल्कमा डबल डेटा भोलुमको फाइदा लिन सक्छन्। यो आकर्षक योजनाअन्तर्गत ग्राहकले ४९९ रूपैयाँमा ३० दिन समयसीमा रहेको १० जीबी डेटा प्याकको खरिदमा थप १० जीबी डेटा बोनसस्वरुप प्राप्त गर्ने छन्,’ विज्ञप्तिमा उल्लेख छ।
ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स ७८ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको डेटा प्याक खरिद गर्नसक्ने कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।