काठमाडौं– कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेकाका लागि दोस्रो डोज लगाउने मिति सार्वजनिक भएको छ।
स्वास्थ्य कार्यालय काठमाडौंले मंगलबार कोभिड खोपको दोस्रो डोज लगाउने स्थान र मिति सार्वजनिक गरेको हो।
गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज लगाउन कार्यालयले सूचना जारी गरेको हो ।
कार्यालयका अनुसार वैशाख ७ देखि ११ गतेसम्म राजधानीका विभिन्न १९ अस्पतालमा कोभिड खोपको दोस्रो डोज लगाउन सकिनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।