काठमाडौं- नेपाल टेलिकमले २९९ सय रुपैयाँमा नै १४ जीबी डाटा अफर ल्याएको छ। टेलिकमले नयाँ वर्षको अवसरमा स्प्रिङ अफर सार्वजनिक गरेको हो।
यो अफर ९० दिनसम्म लागू हुने टेलिकमले जानकारी दिएको छ। नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जीबी डाटाको अफर २९९ रुपैयाँमा उपलब्ध गराउने टेलिकमले जनाएको छ।
यसैगरी, १२५ रुपैयाँमा सबै नेटवर्कमा एक जीबी र फोरजी नेटवर्कमा थप तीन जीबी गरी जम्मा चार जीबी डाटा अफर ल्याएको छ। पाँच दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानीसमेत गर्न सकिने टेकिलमले जनाएको छ। साथै, ३० रुपैयाँमा दुई घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने अफरसमेत टेलिकमले ल्याएको छ।
जीएसएम मोबाइल ग्राहकहरुका लागि २८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने चार जीबी डाटा प्याक अफर ल्याइएको छ। जसमा तीन जीबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। यसैगरी डाटा प्याकअन्तर्गत नै ९५ रुपैयाँमा १.५ जीबी डाटा प्रयोग गर्न सकिने अफरसमेत टेलिकमले ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।