फाइल तस्बिर।
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग बहुमत भएकाले राजीनामा नदिने बताएका छन्। सोमबार उत्पीडित जातीय मुक्ति समाजको भेलामा सम्बोधन गर्दै उनले आफ्नो राजीनामा माग्नेहरूलाई 'कति रोएका?' भन्दै व्यंग्य गरे।
'राजीनामा देऊ, राजीनामा देऊ भनेर कति रोएका? हटाऊ न। समर्थन किन गरिरहन्छौं? फिर्ता लैजाऊ', उनले भने, 'मसँग बहुमत छ, बहुमतको सरकार छ। म किन राजीनामा दिन्छु? बहुमतबाट हटाउन मन छ भने समर्थन फिर्ता लैजाऊ। चाहिएको छैन तिम्रो समर्थन, लैजाऊ।'
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल 'प्रचण्ड' 'प्रधानन्त्री बनिदेऊ' भन्दै शेरबहादुर देउवा र महन्थ ठाकुरकहाँ अनुरोध गर्दै हिँडेको भन्दै कटाक्ष गरे।
प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई आत्मालोचना गरेर पार्टीमा फर्केर आउन आग्रह गरे। 'आफ्नै पार्टी हो। आउनुस्, तपाईंहरूले आफ्नै पार्टीका रूपमा व्यवहार गरिन्छ। गल्ती महसुस गरेर आउनुस्। उहाँहरूलाई गल्ती महसुस गरेर आएर पार्टीमा काम गर्न बिना भेदभाव दिइन्छ। तर, गुटबन्दी चल्दैन। गुटबन्दी हुँदैन। समूहगत रूपमा पार्टीले कुनै गुटलाई मान्यता दिएर कुरा गर्दैन। समूहगत रूपमा कुरा हुँदैन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।