एजेन्सी- कोभिड-१९ संक्रमणको दोस्रो लहर चलेसँगै भारतको पञ्जावमा नायक सोनु सुद खोप अभियानको 'ब्रान्ड एम्बेसडर' बनेका छन्।
सन् २०२० को अन्त्यतिर मत्थर भएको कोभिड-१९ को फेरि दोस्रो लहर सुरु भएसँगै भारतमा विभिन्न अभियान बनाएर काम भइरहेको छ। त्यसै क्रममा पञ्जाव सरकारले भने कोभिड-१९ बाट आफ्ना जनतालाई जोगाउन सोनु सुदको सहारा लिएको हो।
पञ्जावका मुख्यमन्त्री क्याप्टेन अमिन्दर सिंहले कलाकार सोनुलाई भेटेर उक्त घोषणा गरेका हुन्। मन्त्री सिंहले आफ्नै निवासमा बोलाएर खोप अभियानका लागि सोनुजत्तिको रोल मोडल अरु नभएको बताएको आजतकले लेखेको छ।
सोनुले पनि यो कुरालाई खुसीका साथ स्वीकार गरेका छन्। उनले यस्तो ठूलो र राम्रो अभियानका लागि आफू जस्तोसुकै भूमिका निभाउन पनि तयार रहेको बताए। उनले भने, 'आफ्नो गृहराज्यको जनताको ज्यान जोगाउन पाएकोमा खुसी लागेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।